आज : गते

ताजा शिर्षकहरु

कांग्रेस महाधिवेशनको चुनावी कार्यक्रम सार्वजनिक

प्रकाशित
747
SHARES

काठमाडौँ । नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको चुनावी कार्यक्रम सार्वाजनिक गरेको छ ।

सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गते सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेसुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिने छ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने छन् ।

यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ ।

मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ