आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानन्यायाधीश राणा र सर्वोच्चका प्रवक्ता दाहाल कोरोना संक्रमित

प्रकाशित
440
SHARES

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ । उनलाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना गरिएको छ ।

परिवारका एक सदस्यमा संक्रमण भएपछि सोमबार राणाको पनि परीक्षण गरिएको जनाइएको छ । यस्तै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १५९ कोरोना संक्रमितको आईसीयूमा र ३७ को भेन्टिलेटरमा गरी कुल १९६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २५ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १०५ जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । सुदुरपश्चिममा २ जना आईसीयूमा उपचाररत छन् ।

प्रतिक्रिया