आज : गते

ताजा शिर्षकहरु

प्रचण्डले खोले चितवनमा महाधिवेशन राख्नुको रहस्य, कारण थाहा पाउने सबै चकित

प्रकाशित
1K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् ।रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे।

अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन् ,

तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे । उनले आफू काठमाडौं फर्किनेवित्तिकै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने पनि बताए।

तेस्तै, नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई परेनन्।प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे।

दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए। तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार मध्यरातमा बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको सूचीमै परेनन्।

सूचीमा नाम नभएकाहरुले उम्मेदवारी दिन पाउँछन्। भट्टराईले उम्मेदवारी पनि दिएनन्। स्रोतका अनुसार भट्टराईले नेताहरुसँग केन्द्रीय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् । ओलीसहितका नेताहरुले भने उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन्।

तेस्तै, नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्। आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन्।

आइतबार नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाएका थिए। वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई ओलीले उपाध्यक्षको सूचीमा राखेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशन अन्तर्गत आइतबार रातिको बन्दसत्रमा पोखरेललाई वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेका थिए। सहमतिका लागि भन्दै १९ पदाधिकारीको प्रस्ताव प्रस्तुत गरेका ओलीले यदि कसैलाई,

चित्त नबुझेको भए त्यसैअनुसार उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गरेका थिए। तर तोकिएको समय अवधिभित्र बरिष्ठ उपाध्यक्ष पदमा अरुको उम्मेदवारी परेन। यसैगरी नेकपा एमालेको महासचिवमा शंकर पोखरेल पनि सर्वसम्मत चुनिएका छन्।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ