आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बन्दसत्र हलमा प्रवेश गरे ओली, समर्थकले गरे नाराबाजी

प्रकाशित
501
SHARES

काठमाडाै‌ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्रमा सहभागी हुने क्रममा हलभित्र प्रवेश गरेका छन् ।

पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।

ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रवेश गरेका हुन् ।

उनले दिनभर पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेर नयाँ नेतृत्वका लागि सूची तयार पारेका हुन् । बन्दसत्रमा सोही सूची पेस गर्ने जनाइएको छ । बन्दसत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया