आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

४५ जिल्लाको परिणाम आउँदा देउवा र पौडेलमध्ये को अगाडी ? यस्तो छ ताजा अपडेट

प्रकाशित
606
SHARES

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ ।

गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ ।

देशका आधाभन्दा धेरै जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ । कृष्ण सिटौलाको तेस्रो धारले पनि एक जिल्लामा सभापति जित्न सफल भएको छ ।

४५ जिल्लाको परिणाममा देउवा पक्ष केही बलियो देखिएको छ । देउवा समूहका २२ जना जिल्ला सभापति निर्वाचित भएका छन् । पौडेल समूहका २० जनाले सभापति जितेका छन् । यस्तै सिटौला पक्षका एकजनाले चुनाव जित्दा २ जना भने कतै खुलेका छैनन् ।

शेरबहादुर देउवा पक्ष शंकर गुरुङ – मनाङ, खडक बोहरा – बझाङ, गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ, मोहनविक्रम सिंह – हुम्ला, कान्छाराम तामाङ – रामेछाप, ऐनबहादुर शाही – मुगु रहेका छन् ।

तयस्तै खमबीर गर्बुजा – म्याग्दी, केशबहादुर विष्ट – सल्यान, रुपनारायण जबेगु – पाँचथर, नरेन्द्रबहादुर सिंह – डोटी, दीपेन्द्रबहादुर शाही – डोल्पा, कर्णबहादुर शाही – जुम्ला, तेजेन्द्र खनाल- ओखलढुंगा, डा.टकराज गुरुङ – लमजुङ छन् ।

त्यस्तै भीमबहादुर साउद – डडेल्धुरा, रामकृष्ण खाँण – रुपन्देही, युवराज जोशी – पर्वत, डम्बर खड्का – इलाम, किशोरदत्त बराल – कास्की, तीर्थ लामा – काभ्रे , पदम बोगटी – कञ्चनपुर र जितेन्द्र श्रेष्ठ – ललितपुर रहेका छन् ।

त्यसै रामचन्द्र पौडेल पक्ष रोमी गौचन थकाली – मुस्ताङ, केशरमान रोका – रुकुमपूर्व, दीपक खड्का- संखुवासभा, नन्दप्रसाद न्यौपाने – गोरखा,  विष्णु राई – खोटाङ, हिमालदत्त श्रेष्ठ -पाल्पा, राजु थापा – स्याङ्जा, किशोर आचार्य – रोल्पा र विष्णुकुमार गिरी – प्यूठान रहेका छन् ।

त्यस्तै अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम, विनोद बान्तवा – भोजपुर, केशव श्रेष्ठ – अर्घाखाँची, चतुरबहादुर चन्द – बैतडी, बर्मा लामा – दोलखा, अम्मबहादुर शाही – कालीकोट, रामसिंह रावल – बाजुरा, अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम) रहेका छन् ।

त्यस्तै मणिराम रेग्मी – दैलेख, शंकरप्रसाद डाँगी – दाङ, रमेश महत – नुवाकोट र कृष्ण सिटौला पक्ष देउमान थेवे – झापा रहेका छन्  । प्रेमप्रकाश ओली – रुकुम पश्चिम र वेदराज सिंह – जाजरकोट भने अहिलेसम्म खुलेका छैनन् ।

प्रतिक्रिया