आज : गते

ताजा शिर्षकहरु

एका बिहानै जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २ दर्जन बढी घाइते

प्रकाशित
599
SHARES

काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि राडिबजार जाँदै गरेको ७ ख २७५७ नम्वरको रात्रि बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।

मृतकहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ। घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ