आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बन्द सत्रबाट बाहिरिए घनश्याम भुसाल, एमालेमा खैलाबैला

प्रकाशित
780
SHARES

काठमाडौ। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट बाहिरिएका छन्। बन्त्रसत्रबाट बाहिरिएका उनले सबैलाई लडाइँका लागि तयार रहन आह्वान गरेका छन्।

पार्टीको १०औं महाधिवेशनको बन्दसत्र चलिरहँदा उनले ट्विट गर्दै उक्त आह्वान गरेका हुन्। बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गरेपछि नेता भुसाल हलबाट बाहिरिएका थिए।

सुख दुःखे समे कृत्वा लाभालाभौ जयाजयौ । ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि,’ उनले संस्कृत भाषामा ट्विट लेखेका छन्। नेपालीमा यसको अर्थ हुन्छ,

जय–पराजय, लाभ–हानि र सुख–दुःख समान सम्झँदै, लडाइँको लागि तयार बन। यसरी लड्दा पाप लाग्दैन। भुसालले महाधिवेशनमा उम्मेदवारीलाई लडाईं जस्तै ठानेका छन्।

उनी अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक भएकाले जित्ने सम्भावना कमजोर छ। तैपनि, उनले लडाईंका लागि तयार बनेको र जय पराजय समान सम्झँदै लड्न लागेको सन्देश दिएका छन्। जारी महाधिवेशनमा नेता भुसालले,

उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यस्तै भुसालले उपाध्यक्ष पदका लागि प्रचार थालेका छन्। यसअघि अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलसँगै उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए।

तर उनले बन्द सत्र सुरु हुनअघि आफूलाई उपाध्यक्षमा रुपमा प्रस्तुत गर्दै प्रचार थालेका हुन्। एमालेको शुक्रबार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थपेको थियो।

यस्तोमा नवौँ महाधिवेशनबाट उपमहासचिवमा विजयी भुसालले उपाध्यक्षमा सजिलै सेट हुने रणनीतिसहित प्रचार थालेका हुन्। भुसालले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए।

तर, आफू निकटका नेताहरुबाट ‘सुरक्षित पद’का लागि तयारी गर्न दबाब बढेपछि उनी पछि हटेका थिए। एमालेमा ६ जना उपाध्यक्ष हुने निर्णय भएको छ।

असोजमा सम्पन्न विधान महाधिवेशनबाट ४ जना मात्रै उपाध्यक्ष हुने पारित भएको भए पनि शुक्रबार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ६ जना उपाध्यक्ष हुने निर्णय गरेको हो।

भुसाल र रावल माधव नेपाललाई विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए। रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्ने नै बताएका छन्।वरिष्ठ उपाध्यक्षमा भने एमाले अध्यक्ष ओली पक्षीय,

ईश्वर पोखरेल र सुवास नेम्वाङबीच टकराव चलिरहेको छ। ओलीले नेम्वाङलाई केही राजनीतिक लाभका पद देखाएर ब्याक गराउन खोजे पनि सफल भएका छैनन्।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ