आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ

प्रकाशित
2.1K
SHARES

काठमाडौँ । सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित ४ जनालाई पक्राउ गरेको हो ।

जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको सूचनाका आधारमा पुगेको प्रहरीले काठमाडौंको सोल्टीमोडबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् ।

उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले महङ्गो मूल्यमा उक्त सुन कछुवा बेच्न लागेको स्वीकार गरेका छन् । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै दैलेखमा छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । पीडित किशोरीकी आमाले गत बिहीबार जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमा पारी जबरजस्ती यौन हिंसा गर्ने गरेको पाइएको छ।

बाबुबाट यौन हिंसाको शिकार भएकी ती बालिका ‘डिप्रेशन’को शिकार भएको समेत प्रहरीले जनाएको छ । यता, सुर्खेत प्रहरीले बहुविवाह मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । पश्चिम बराहताल गाउँपालिका –१० बस्ने बर्ष ३० की लक्ष्मी सारुमगरलाई पक्राउ गरिएको हो ।

उनलाई सुर्खेत जिल्ला अदालतको फैसला आदेश अनुसार रु. एक हजार जरिवाना, १ वर्ष ६ महिना कैद सजाय भुक्तानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ