आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीको अर्को चलाखी, गठबन्धन फुटाउन प्रधानमन्त्री देउवालाई सुटुक्क राखे यस्तो प्रस्ताप

प्रकाशित
1.1K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा गम्भीर असर पर्ने अभिव्यक्ती दिएका छन्। ओलीले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका,

अध्यक्ष माधव कुमार नेपालतर्फ संकेत गर्दै आफू सरकारमा छँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले देउवालाई काम गर्न नदिएको बताएका हुन्।पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहमा,

बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ। उहाँलाई अतिथि बनाएर सरकारका विषयमा टिप्पणी गर्नु वाञ्छनीय हुँदैन। एमालेकै कतिपय  नेताहरुले ओलीको सत्तामोह कारण एमाले चोईटिदै जाने र एमाले धोस्त हुने चेतावनी दिएका छन्।

तर, प्रधानमन्त्रीजीलाई पनि गाह्रो छ कि मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामातिराख्या छन्। ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए।

प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ। स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ।

उदघाटन सत्रलाई सम्बोधनकै क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए। ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन्।

एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ।

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे। ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरासहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइछाड्ने उद्घोष पनि गरे।

तेस्तै, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले चितवनबाट नमिठो खबर सुनेका छन्। सहमतीमै नेतृत्व चयन गर्ने ओलीको सपना चकनाचुर भएको हो। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भोलिदेखि शुरू हुने बन्दशत्रमा आफुले उम्मेदवारी दिने बताएका छन्।

शुक्रवार राति सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले अध्यक्षको उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका हुन्। ‘पदाधिकारी थपेर सहमति गर्ने भन्ने काल्पनिक कुरा गर्दिन, म अध्यक्षको उम्मेदवार हो,

भोलि मनोनयन गर्छु, रावलले भने। समीकरण बनाएर अगाडि बढ्ने विषयमा सोधिएको प्रश्नमा रावलले भने,‘कसैले महासचिवमा उम्मेदवारी दिएर मसँग भोट माग्न आयो भने मैले पनि अध्यक्षमा भोट देऊ भन्छु।

उपाध्यक्ष रावलले अध्यक्ष केपी ओलीसँग कुरा गर्न आफु तयार रहेको बताए। म राजनीतिक व्यक्ति भएकोले सबैसँग कुरा गर्छु, अध्यक्षसँग कुरा नगर्ने भन्ने भएन। तर म अध्यक्षको उम्मेदवार हो,

प्रतिष्पर्धा गर्न तयार छु, रावलले भने। पार्टी विधानमा समूहगत नभइ व्यक्तिगत ढंगले मात्र उम्मेदवारी दिने व्यबस्था रहेकोले आफूले अध्यक्षमा एकल उम्मेदवारी दिने घोषणा गरेको उनले बताए।

रावलले उमेरका कारण पनि अध्यक्ष केपी ओलीले अब आराम गर्नुपर्ने बताए। एमालेको बन्दशत्र भोलिदेखि शुरू हुँदैछ। शुक्रवार दिउसो नारायणी नदी किनारामा दशौं उद्घाटन भएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ