आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रूसको कोइलाखानीमा आगलागी: ५२ श्रमिकको निसास्सिएर मृत्यु,

प्रकाशित
552
SHARES
AFP_9TD4TQ.jpg

एजेन्सी। रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्। लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो।

घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ।

करिब ३०० श्रमिकले काम गरिरहेको खानीमा आगलागी भएपछि धेरै श्रमिक भागेर ज्यान बचाउन सफल भएका बताइएको छ। खानीबाट करिब ५० जनालाई जीवितै उद्धार गरिएको छ भने उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

रुसमा पछिल्लो एक दशकमा भएको खानी दूर्घटनामा यो नै ठूलो मानवीय क्षति हो। मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुनसक्ने भन्दैे उद्धार कार्य रोकिएको छ।

पीडितका आफन्तहरू उद्धार कार्यलाई सशक्त नपारिएको भन्दै प्रशासनप्रति आक्रोशित बनेका छन। खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

घटनास्थल रूसी राजधानी मस्कोबाट तीन हजार ५०० किलोमिटर टाढा केमेरोभो क्षेत्रमा पर्छ। प्रहरीले यो घटना गम्भीर लापरबाहीले गर्दा भएको र जिम्मेवार अधिकारीहरुलाइ कानुनि कठघरमा उभ्याइ ने बताएको छ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बरमा भारत आउनुहुने भएको छ। भारत-रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।

उक्त अवसरमा रूसी राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने बताइएको। उहाँहरूका बीचमा सन् २०१९ पछि पहिलो पटक भेटवार्ता हुने भएको हो।

यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो।

भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्नुहुने जनाइएको छ।

त्यसैगरी आपसी सहकार्य बढाउने र दुई पक्षीय सम्वन्धलाई थप मजबुद बनाउने बारेमा पनि छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भन्नुभयो,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही डिसेम्बर ६ तारिखमा भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ, त्यसका लागि उहाँ केन्द्रीय राजधानी नयाँ दिल्ली आउनुहुने भएको छ।

२१औँ भारत—रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ आउनुहुने भएको हो र सो अबसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम समेत रहेको छ,” प्रवक्ता बागचीले थप्नुभयो।

साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उहाँले दुई देशबीचमा सम्वन्ध थप मजबुद बनाउन र आपसी सहकार्य बढाउन राष्ट्रपति पुटिनको भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गर्नुभयो।

उहाँहरूले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासो र सरोकारका विषयमा समेत छलफल गरेर समान धारणा र योजना बनाउन प्रयास पनि गर्ने प्रवक्ता बागचीको भनाइ छ। रूस र भारतले हरेक बर्ष यस्तै बार्षिक सम्मेलन गर्दै आएका छन्।

यसअघि सन् २०२० मा कोरोना महामारीका कारण सम्मेलन हुन सकेको थिएन भने सन् २०१९ को बार्षिक सम्मेलन रुसमै भएको थियो। त्यतिबेलाको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी रूस जानुभएको थियो।

प्रतिक्रिया