आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका तह लगाउन रुस र चीन सम्झौता, के हुन्छ अब ?

प्रकाशित
1.6K
SHARES

एजेन्सी। रुस र चीनबीच अमेरिकालाई लगाम लगाउने विषयमा महत्वपूर्ण सम्झौता भएको छ। अमेरिकी रणनीतिक बम्बर विमान तथा अन्य सैन्य विमानहरु आफ्नो सीमा क्षेत्र वरपर आउन थालेको भन्दै,

चीन र रुसले घनिष्ठ सैन्य सम्बन्धको लागि एक रोडम्यापमा हस्ताक्षर गरेका हुन्। मंगलबार रुसी रक्षा प्रमुख सर्गी सोइगु र चिनियाँ समकक्षी वे फेङ्हीले मार्गचित्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौतापछि रुसी रक्षा मन्त्रालयले भनेको छ,‘रुस र चीनले रणनीतिक सैन्य अभ्यास र संयुक्त गस्ती बढाउन साझा चासो व्यक्त गरेको छ। चीन र रुस धेरै वर्षदेखि रणनीतिक साझेदार रहेका हुन्’ सर्गीले भनेका छन्,

आज विश्वका विभिन्न भागहरूमा बढ्दो भूराजनीतिक अशान्ति र बढ्दो द्वन्द्व क्षमताको अवस्थामा हाम्रो अन्तरक्रियाको सुरुवात सान्दर्भिक छ।’गत महिना मात्र रुसी सीमा नजिकै,

अमेरिकाका बम्बर विमानले ३० पटक उडान गरेको बताइएको छ। उता चीनले दाबी गर्ने दक्षिण चीन सारगमा अमेरिकाका विमान र जहाजहरु उड्ने र तैरिने गरेका छन्।

चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी अधिकारीहरूलाई जवाफदेही बनाउन टकराव कम गर्न र अमेरिकी सेनाको कारबाहीबारे,

पत्रकार सम्मेलनमा सोधिएको आधिकारिक प्रतिक्रियाका रूपमा उक्त टिप्पणी गरेका हुन् । वूले भन्नुभयो, ‘टकराव भएको बेलादेखि, अमेरिकी पक्षको अप्ठ्यारो र गोप्य मनोवृत्तिले,

अन्तर्राष्ट्रिय समुदायमा अनिवार्य रूपमा शंका उत्पन्न गरेको छ। अमेरिकी पक्षले तीनवटा प्रश्नको स्पष्ट जवाफ दिनुपर्छ। पहिलो, अमेरिकी पनडुब्बीको नेभिगेसनको उद्देश्य के हो? दोस्रो, टक्करको सही स्थान के हो ?

अन्तमा, यसले आणविक चुहावट वा समुद्री वातावरणीय प्रदूषण निम्त्यायो कि निम्त्याएन?’ आधिकारिक चिनियाँ सैन्य समाचार मिडिया केन्द्रले उल्लेख गरेको छ।

चीनले यस घटनाको मूल कारण एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य जहाजहरूद्वारा गरिएको व्यापक र उच्च(तीव्रताको नजिकको जासुसी, हस्तक्षेप, उक्साहट र बल प्रदर्शनका साथै अमेरिकी सैन्यकरण हो,

भन्ने विश्वास गरेको वूले टिप्पणी गरको छन्। ‘हामी अमेरिकी पक्षलाई त्यस्ता गतिविधिहरू तुरुन्तै बन्द गर्न आग्रह गर्दछौं, ताकि पर्खालमा आफ्नो टाउको नठोकियोस्’ वुले भने।

ताइवानको एयर डिफेन्स इन्टिग्रेशन जोन मा चिनियाँ सेनाको घुसपैठलाई लिएर अमेरिका र चीनबीच बढ्दो तनावको बीचमा यो दुर्घटना भएको हो। संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले,

क्यारियर स्ट्राइक ग्रुप २१ भनेर चिनिने यस क्षेत्रमा बलको एक प्रमुख बहुराष्ट्रिय प्रदर्शन गरिरहँदा कनेक्टिकट दक्षिण चीन सागरको वरपरको पानीमा सक्रिय रहेको सञ्चार माध्यमहरूले जनाएका छन्।

तेस्तै, चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन्। न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका,

पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको छ। सरकारको यो निर्णयलाई सरकारी कार्यालय, संघसंस्था तथा नीजि संस्थाले पनि प्रोत्साहन गर्ने बताएका छन्।

यसै वर्ष कडा परिवार नियोजन नियमहरूलाई अन्त्य गर्दै दुईभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने सरकारको नीतिपछि बालबालिकाको हेरचाहलाई सहज बनाउन प्रसूति बिदा विस्तार गर्ने योजना सार्वजनिक भएको हो।

तीव्र गतिमा वृद्धि देखिएको वयस्क जनशक्तिका कारण उत्पादन तथा अर्थव्यवस्थामा सुस्तता आएपछि चिनियाँ प्रशासनले युवा जनशक्ति बढाउन विविध प्रयासहरू गरिरहेको अधिकारीहरूले बताएका छन्।

शुक्रबार बेइजिङ नगर प्रशासनले महिलाहरूले अब यस पहिले लिँदै आएको १२८ दिनको प्रसूति विदामा एक महिना ३० दिन विदा थप गरी १५८ दिन विदा पाउने घोषणा गरेको छ।

शाङ्घाईको प्रशासनले पनि एक दिनअघि बिहीबार यसै प्रावधानलाई कानूनी मान्यता दिने घोषणा गरेको छ। पूर्वी झेजियाङ प्रान्तमा दोस्रो वा तेस्रो बच्चाका आमाहरूले अब,

जम्मा १८८ दिन लिन सक्ने बनाइएको सिन्ह्वा न्यूज एजेन्सीको एक समाचारमा उल्लेख गरिएको छ।चालु राष्ट्रिय नियमावलीअनुसार आमाले ९८ दिन पारिश्रमिक पाउने प्रसूति बिदा पाउने व्यवस्था छ।

यस मुद्दाले अनलाइन छलफललाई व्यापकता दिएको छ। केही विश्लेषकहरूले यो परिवर्तनले कम्पनीहरूलाई महिलाहरूलाई रोजगारी दिनेबारे गम्भीर भएर सोच्न बाध्य पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

एक जना इन्टरनेट प्रयोगकर्ताले एएफपीसँग भने, “प्रशासनको यो निर्णयले महिलाहरूको बेरोजगारी दर अझ बढाउन सक्ने देखिन्छ।अन्य केहीले बेइजिङमा १५ दिनमै पितृत्वको हक किन अपरिवर्तित रह्यो भन्ने पनि प्रश्न गरेका छन्।

राजधानीमा नयाँ बुबाहरूले आफ्नो साथीको कोटाबाट विदाका दिनहरू लिएर मात्र आफ्नो शिशु स्याहार विदा विस्तार गर्न सक्छन्। त्यस्तै, झेजियाङमा पुरूषलाई शिशु स्याहार विदा १५ दिन र शाङ्घाईमा १० दिन रहेको छ।

यो परिवर्तनले उद्यमीहरूले पुरुषहरूलाई महिलाहरूभन्दा बढी मन पराउने अवस्था ल्याउनसक्ने टिप्पणी इन्टरनेटको सक्रिय प्रयोग गर्ने एक अर्का व्यक्तिले बताए।

चीनले सन् २०१६ मा विश्वकै सबैभन्दा कडा पारिवार नियोजन नियमावलीमध्येको एक ‘एक बाल नीति’ लाई अन्त्य गर्दै चिनियाँ दम्पतीलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो। सरकारले सन्तान जन्माउनसक्ने प्रावधानलाई थप लचिलो पार्दै यो,

वर्षको सुरुतिर एक दम्पत्तीले तीन बच्चासम्म जन्माउनसक्ने बनाएको थियो। गत वर्ष प्रति एक हजार चिनियाँबाट करिब नौ बच्चा जन्मिएको रेकर्ड गरिएको थियो। यो सन् १९७८ मा वार्षिक तथ्याङ्क सुरु भएदेखिको सबैभन्दा कम हो।

प्रतिक्रिया