आज : गते

ताजा शिर्षकहरु

आगामी चुनावमा बहुमत ल्याएर सरकार बनाउछौं: ओली

प्रकाशित
800
SHARES
g]skf -Pdfn]_ cWoIf cf]nL dxflwj]zgnfO{ ;Daf]wglrtjg, !) dªl;/ M g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] z'qmaf/b]lv b]j3f6df ;'? ePsf] b;f}F /fli6«o dxflwj]zgnfO{ ;Daf]wg ub}{ . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेश’ सरकार भन्दै आलोचना गरेका छन।

चितवन स्थित नारायणी नदि किनारमा चलिरहेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नेक्रममा ओलीले आफूहरु जनमतको सरकारको पक्षमा रहेको बताए।

‘मैले परमादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जान्दैछौं। जनमततर्फ जाँदैछ,’ उनले भने। आउँदो चुनावमा एमालेले बहुमत ल्याउँने ओलीको दाबी छ।

एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको भनाई छ। अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुुलुकसँग पारस्परिक लाभ,

आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले,

अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको पनि बताए।महाधिवेशन उदाहरणीय बन्ने: अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति,

एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्णरुपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताए।

उनले एमाले र अर्को पाँच वर्ष देशलाई नै हाँक्न सक्ने नेतृत्व चुन्नु महाधिवेशनको कार्यभार भएकाले सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे।

तेस्तै, नेकपा एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन। वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार बेलुकि ८ बजे बस्ने भनिएको भए पनि अझै सुरु हुन सकेको छैन।

चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ। ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक आज ८ बजे बस्ने भनिएको थियो।

आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अझै नआएकाले बैठक नसकेको हो।

यता, नारायणी नदी किनारमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट होटल फर्कने क्रममा अध्यक्ष केपी ओली जाममा फसेका छन्। महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कने क्रममा उनी टिकौलीमा जाममा फसेका हुन्।

उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ(धौ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए।

शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरू हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए। टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ।जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि ढीला गरी पुगेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ