काठमाडौं । १० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरु व्यवस्थापनमा सकस देखिएको छ ।
यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरुको व्यवस्थापनमा सकस देखिएको हो ।
सबै पदमा आकांक्षीहरु धेरै देखिएपछि पार्टीमा विधान संशोधनबारे नै छलफल गर्ने तयारी गरिएको छ । एमाले नेता गोकर्ण विष्टले यस विषयमा आज बस्ने बैठकमा छलफल हुन सक्ने बताए ।
त्यस्तै नेताहरु व्यवस्थापनका लागि पोलिटब्युरो र केन्द्रीय सदस्य र पदाधिकारी पनि थप्ने तयारी गरिएको छ । केन्द्रीय समितिलाई २९९ पुर्याउनुका साथै ७ जना पदाधिकारी थप्ने र हाल हटाइएको पोलिटब्युरोलाई ब्युँताउने तयारी गरिएको बताइएको छ ।
यता ट्राफिक जामका कारण नेताहरु आउन ढिला भएपछि शुक्रबार साँझ बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक अझै सुरु हुन सकेको छैन ।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्ने र सीसीएमको अन्तिम बैठक समापन गर्ने कार्यसूची छ ।
प्रतिक्रिया