आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका–चीन तनाब कायमै, गम्भीर खतरा निम्तिने संकेत

प्रकाशित
244
SHARES

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको प्रशासनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘कडा बेइजिङ नीति’लाई निरन्तरता दिने भएसँगै अमेरिका र चीनबीच तनाब अन्त्य नहुने भएको छ।

दुई देशको तनाब एसियाली देशहरूसँग उनीहरूको प्रतिस्पर्धामा परिणत भइरहेको अन्तर्राष्ट्रिय मामिला विज्ञहरूले बताएका छन् ।हङकङ पोस्टका अनुसार बाइडेन प्रशासनले चीनलाई टाढाको,

विश्वव्यापी प्रतिद्वन्द्वीको रूपमा भन्दा पनि बढी जोखिमपूर्ण प्रतिस्पर्धीको रूपमा हेरेको छ। अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत साता भर्चुअल शिखर सम्मेलनमा आपसमा मैत्रीपूर्ण शब्दहरू आदानप्रदान गरेका थिए,

तर उनीहरूले समसामयिक मुद्दामा आफ्ना देशका अडान स्पष्ट रूपमा दोहो¥याएका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले चीन र बेइजिङको व्यापार नीतिद्वारा मानवअधिकारको उल्लंघन भएको आरोप लगाइएको छ।

राष्ट्रपति बाइडेनले चीनको सिनजियाङ, तिब्बत र हङकङमा मानवअधिकारका विषयमा चासो राखेका थिए। तर, चिनियाँ पक्षले उनको चासोलाई अनावश्यक भनिसकेको छ।

राष्ट्रपति सीले आफ्नो तर्फबाट ताइवानलाई अमेरिकी समर्थन गर्नुले विश्वमा ‘विभाजन’ सिर्जना गर्न लागेको बताएका थिए। ‘दुवै पक्षमा कुनै द्वन्द्व थिएन र वार्तापछि पनि परिस्थिति केहीअगाडि बढेको छैन’ हङकङ पोस्टले लेखेको छ।

यो एक यथास्थिति पूर्व हो । दुवै नेताहरूले एकअर्कालाई मापन गरे। दुई नेताबीच पहिलोपटक बाराक ओबामा र हु जिन्ताओको नेतृत्वमा दुई देशमा सरकार हुँदा उप–राष्ट्रपतिको हैसियतमा भौतिक रूपमा भेटवार्ता भएको थियो।

अमेरिकामा मध्यावधि निर्वाचन निकट भविष्यमा आउने सम्भावनासँगै बाइडेनले चीनप्रति थप आक्रामक नीति अवलम्बन गर्ने सम्भावना देखिएको छ।तेस्तै, अमेरिकाले चीनमा सम्पत्ति संकट जारी रहेको दाबी गरेको छ।

यसले चीनमा आर्थिक क्षति मात्र नभएर विश्वव्यापी वित्त बजारमा पनि नकारात्मक प्रभाव पार्ने अमेरिकी विश्लेषण आएको छ। अमेरिकाले जारी गरेको अर्धवार्षिक प्रतिवेदनमा यस्तो भविष्यवाणी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाको फेडरल रिजर्भद्वारा जारी प्रतिवेदनमा चीनको सबैभन्दा ऋणी निकाय इभरग्रयान्डेमा भएको संकटतर्फ संकेत गर्दै अप्रिय भविष्यवाणी गरेको छ।

यो रियल स्टेट कम्पनी हो जसले लिएको ३ खर्ब अमेरिकी डलर ऋण संकटमा परेको छ। योलगायत चीनका अन्य रियलस्टेट व्यवसायमा ठूलो आर्थिक संकट आइपरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ।

‘चिनियाँ अधिकारीहरूले सम्पत्ति बजार प्रोपर्टी मार्केटलाई सन्तुलनमा ल्याउने उपायहरूमा लागेको भनिएको छ, तर आर्थिक जोखिम निरन्तर रूपमा माथि गइरहेको छ,’ फेडरल रिजर्भले भनेको छ।

अमेरिकी केन्द्रीय बैंकले चीनको अर्थतन्त्र तथा वित्त प्रणालीमा उत्पन्न हुने गहिरो संकटले अमेरिकी वित्त बजारमा ठूलो असर पुग्ने उल्लेख गरेको छ। विशेषतः वित्तीय जोखिम बढेर जाने उसको बुझाइ छ।

प्रतिक्रिया