आज : गते

ताजा शिर्षकहरु

नेता वर्षमान पुनको अबस्था गम्भीर, थाइल्याण्डबाट चाईना लगियो

प्रकाशित
1.8K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको छ।

विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए।

पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन उडेका छन्। उनीहरु आजै मध्यान्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाँईले जानकारी दिए।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले समेत अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए।

काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस बिलरुविनको तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ। जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईले बताए।

कोरोनाको संक्रमणको त्रास र आवतजावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरेका थिए।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का घरभेटीले उनलाई धोका दिएका छन्। ठेकेदारले प्रचण्डको साथ छाडेको नेकपा माओवादी केन्द्रमा चर्चा चलेको छ।

एमाले महाधिवेशनमा प्रचण्ड सहभागी नभएपनि उनको घरबेटी चितवन पुगेपछि यस्तो खालको चर्चा चलेको हो। तर प्रचण्ड अनुपस्थित भए पनि उहाँका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारी भने हिजैदेखि चितवनमा देखिएका छन्।

प्रचण्डका घरभेटी ठेकेदार तथा ठूलै व्यावसायी उनी एमालेमा लागेको चर्चा समेत चलेको खबरले एमालेमा खुसी छाएको छ । अस्तिदेखि चितवनमा भीडभाड बढेको,

आवतजावतमा समस्या हुँदाहुँदै उनी काम विशेषले चितवन गएको भन्न नमिल्ने अधिकारीलाई नजिकबाट चिन्नेहरु बताउँछन्। तर उनी हिजो केहीबेर एमाले महाधिवेशनका प्रतिनिधि तथा केही नेताहरुसँग हिँडेको देखिएको बताउनेहरु पनि छन्।

‘उनी काम विशेषले यतिखेर चितवन जानुपर्ने अवस्था देखिँदैन । अस्तिदेखिको भीडभाड भोलि शनिबार भएकाले सरकारी काम र बिल भरपाई बोकेर गएका हुन् भन्न समेत नमिल्ने अवस्था रहेको,’

अधिकारी निकटस्थ माओवादी केन्द्रका एक जना नेता बताउँछन्। उता, एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट मार्सी अर्थात् दुर्गा प्रसाईं प्रतिनिधि बनेर चितवन पुगेका छन्।

झापाबाट मार्सीले पाए तर हामी जस्ता पोखरेलीलाई भागै दिइएन,’ पोखरेल थरका झापाका एक जना पुराना एमाले कार्यकर्ताले दुःखेसो पोखे ।प्रचण्डलाई ठेकेदार अधिकारीले सिंगो घर उपलब्ध गएका छन्।

तेस्तै, नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट बाहिरिएका छन्। बन्त्रसत्रबाट बाहिरिएका उनले सबैलाई लडाइँका लागि तयार रहन आह्वान गरेका छन्।

पार्टीको १०औं महाधिवेशनको बन्दसत्र चलिरहँदा उनले ट्विट गर्दै उक्त आह्वान गरेका हुन्। बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गरेपछि नेता भुसाल हलबाट बाहिरिएका थिए।

सुख दुःखे समे कृत्वा लाभालाभौ जयाजयौ । ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि,’ उनले संस्कृत भाषामा ट्विट लेखेका छन्। नेपालीमा यसको अर्थ हुन्छ, ‘जय–पराजय, लाभ–हानि र सुख–दुःख समान सम्झँदै,

लडाइँको लागि तयार बन। यसरी लड्दा पाप लाग्दैन।भुसालले महाधिवेशनमा उम्मेदवारीलाई लडाईं जस्तै ठानेका छन्। उनी अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक भएकाले जित्ने सम्भावना कमजोर छ ।

तैपनि, उनले लडाईंका लागि तयार बनेको र जय पराजय समान सम्झँदै लड्न लागेको सन्देश दिएका छन्। जारी महाधिवेशनमा नेता भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

यस्तै भुसालले उपाध्यक्ष पदका लागि प्रचार थालेका छन्। यसअघि अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलसँगै उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए।

तर उनले बन्द सत्र सुरु हुनअघि आफूलाई उपाध्यक्षमा रुपमा प्रस्तुत गर्दै प्रचार थालेका हुन्। एमालेको शुक्रबार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थपेको थियो।

यस्तोमा नवौँ महाधिवेशनबाट उपमहासचिवमा विजयी भुसालले उपाध्यक्षमा सजिलै सेट हुने रणनीतिसहित प्रचार थालेका हुन्। भुसालले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए।

तर, आफू निकटका नेताहरुबाट ‘सुरक्षित पद’का लागि तयारी गर्न दबाब बढेपछि उनी पछि हटेका थिए। एमालेमा ६ जना उपाध्यक्ष हुने निर्णय भएको छ। असोजमा सम्पन्न विधान महाधिवेशनबाट ४ जना मात्रै,

उपाध्यक्ष हुने पारित भएको भए पनि शुक्रबार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ६ जना उपाध्यक्ष हुने निर्णय गरेको हो।भुसाल र रावल माधव नेपाललाई विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए।

रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्ने नै बताएका छन्। वरिष्ठ उपाध्यक्षमा भने एमाले अध्यक्ष ओली पक्षीय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच टकराव चलिरहेको छ।

ओलीले नेम्वाङलाई केही राजनीतिक लाभका पद देखाएर ब्याक गराउन खोजे पनि सफल भएका छैनन्। नेताहरुले ओलीको चुरीफुरीले झन् पार्टी कमजोर हुने र चुनाबमा झन् छर्लङ्ग  हुने बताएका छन्।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ