आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाको सडकमा डलर बर्सियो, बटुल्न थालेपछि २ घण्टा सडक जाम, भिडियो सहित

प्रकाशित
642
SHARES

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो। कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछाडिको ढोका अचानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे।

त्यसपछि उछिट्टिएका ब्यागहरुबाट डलरका नोटहरु सडकमा उड्न थाले। केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो देखियो।यस क्रममा सडकबाट गइरहेका मानिसहरुले आफ्नो गाडी रोखेर डलर बटुल्न थाले ।

जो जहाँ थिए त्यहीँ रोकिए र नोट जम्मा गर्न थाले। यस क्रममा सडक पूरै जाम भयो। पुलिस अधिकारीका अनुसार घटना शुक्रबार बिहान सवा ९ बजेतिरको हो।

ट्रक सान डिएगोबाट फेडरल डिपोजित इन्स्योरेन्स कर्पको एक अफिसतिर गइरहेको थियो। डलर छरिएपछि मानिसहरुले बटुल्दा ट्रक ड्राइभरले विरोध गर्दा मानिसहरुले ड्राइभरलाई नै कुट्न खोजे।

 

View this post on Instagram

 

A post shared by DEMI BAGBY (@demibagby)

प्रतिक्रिया

आजको ट्रेन्डिङ