आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हाइपरसोनिक प्रविधि हासिल गर्ने चीन पहिलो देश बन्यो, दोस्रो मिसाइल हानेपछि अमेरिका स्तब्ध

प्रकाशित
816
SHARES

काठमाडौं। चीनको पृथ्वीलाई परिक्रमा गर्ने हाइपरसोनिक आणविक हतियारले दोस्रो मिसाइल हानेको छ। आवाजको गतिभन्दा ५ गुणा तीब्र गतिमा उडिरहेकै अवस्थामा यो हतियारले मिसाइल प्रहार गरेको हो।

अहिलेसम्म यो स्तरको उन्नत इन्जिनियरिङ कुनै पनि देशले हासिल गर्न सकेका थिएनन्। चीनको यो परीक्षणले अमेरिकाको रक्षा विभाग पेन्टागनका वैज्ञानिक स्तब्ध भएको बताइएको छ।

गत महिना नै चीनले हाइपरसोनिक मिसाइल हानेको दावी गरिएपछि यसले विश्वमै तरग ल्याएको थियो। अहिले यो हतियार त्यतिबेला सोचिएको भन्दा अझै धेरै उन्नत भएको खुलासा भएको छ।

चीनको यो हाइपरसोनिक हतियार एक विमान हो जसले आणविक मिसाइल लिएर उड्न र हान्न सक्छ। फाइनान्सियल टाइम्सका अनुसार यो जहाजले यसअघि जुलाइ २७ मा दक्षिण चीन सागरमा उडानको क्रममा पहिलो मिसाइल हानेको थियो।

पेन्टागनको उन्नत अनुसन्धान एजेन्सी डार्पाका वैज्ञानिकहरुले चीनले यो उपलब्धी कसरी हासिल गर्यो भन्नेमा आफूहरु निश्चित नभएको बताएका छन् ।सैन्य विशेषज्ञहरुले यो उपलब्धी कसरी हासिल भयो,

भन्ने थाहा पाउन डाटाहरुको गहिरो अध्ययन गरिरहेको बताइएको छ। वैज्ञानिकहरुले यो मिसाइल प्रहार गर्नुको उद्देश्य के थियो भन्ने कुरा पनि खोजिरहेका छन्, किनकि यो मिसाइल,

हाइपरसोनिक जहाजबाट हानिएको थियो तर पानीमा लाग्नुभन्दा पहिले यसको कुनै निश्चित निशाना थिएन। केही पेन्टागन विशेषज्ञहरुले यसको उद्देश्य हावाबाट हावामै हान्ने मिसाइल भएको विश्वास गरेका छन् भने,

केहीले यो मिसाइलले जमिनमा रहेको मिसाइल डिफेन्स सिस्टममा हानेर त्यो सिस्टमले यो हाइपरसोनिक जहाजलाई हान्न नसकोस् भन्ने निश्चित गर्ने अनुमान गरेका छन्।

रुस र अमेरिका पनि वर्षौंदेखि हाइपरसोनिक हतियार विकास गर्न प्रयासरत छन् तर विशेषज्ञका अनुसार चीनले हालै दोस्रो मिसाइल हान्नुले चीनको सफलता क्रेमलिन र पेन्टागन दुवैको भन्दा धेरै अगाडि पुगिसकेको देखिन्छ।

तेस्तै, चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ। चीन र भारतबीच तनाब बढिरहेका बेला चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोलमा एच–६के बम्बर तैनाथ गरेको हो।

एच-६के बम्बर पहाडहरुमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन्। चीनले यसअघि बम्बरहरुलाई सान्सी प्रान्तमा राखेकोमा पछिल्लो समयमा भारतसँगको विवाद बढेसँगै सिन्जियाङनजिकको कासगरमा तैनाथ गरेको छ।

तैनाथ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाको पश्चिम थियटर कमान्ड पर्छ। एच–६के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध खराब,

दिशातर्फ बढिरहेको टिप्पणी गरेको केही दिनमै चीनले अत्याधुनिक हतियार तैनाथ गरेको हो। विदेशमन्त्री जयशंकरले यसअघि दुई देशबीच भएका सम्झौता उल्लंघन गरेर चीनले एकतर्फी रुपमा सीमामा बस्ती बसालेको आरोप लगाएका थिए।

गत जुनमा चीन र भारतका सेनाबीच गालवान उपत्यकामा दोहोरो झडप भएको थियो। झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चार जना चिनियाँ सेना पनि मारिएका थिए।

सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण यसै साता सार्वजनिक भएको थियो । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले,

भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको थियो । सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ