आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हुनेवाला पतिको लागि यति कडा नियम ? यी युवतीसँग कसले गर्ला बिहे ?

प्रकाशित
1K
SHARES

एजेन्सी। एक टिकटकरले आफ्नो हुनेवाला पतिको विषयमा केही कुराहरु पोस्ट गरेकी छिन् जुन सामाजिक संजालमा भाइरल भइरहेको छ। बेली नामकी यी टिकटकरले बिहेका केही कडा नियमहरुको सूची बनाएकी छिन्।

यी नियमहरु उनका पतिले पालना गर्नुपर्नेछ। टिकटकर बेलीले भिडियो शेयर गर्दै लेखेकी छिन् ‘विवाहपछिको लागि मैले मेरो लागि र मेरो पतिको लागि केही नियम बनाएकी छु। यी नियमहरु सुनेर धेरै जनालाई रिस उठ्न सक्छ।

पहिलो नियम अनुसार हामी दुवै पति पत्नी कुनै पनि विपरित लिंगका व्यक्तिसँग मित्रता गर्ने छैनौं। दोस्रो नियम अनुसार हामी दुवैले अफिसमा विपरित लिंगका व्यक्तिहरुसँग एक अर्कालाई एक्लै छोड्ने छैनौं।

तेस्रो नियमबारे बताउँदै बेलीले भनिन् ‘हामी दुवैले एक अर्कालाई नबताइ विपरित लिंगका कुनै पनि व्यक्तिलाई फोन वा म्यासेज गर्ने छैनौं। यदि फोन वा म्यासेज गर्नै पर्ने भए पहिले एक अर्कालाई बताउनु पर्नेछ।

चौथो नियम अनुसार हामी दुवैले कुनै पनि पोर्न भिडियो हेर्ने छैनौं। बेलीले भिडियोमा अन्तिम र सबैभन्दा महत्वपूर्ण नियमबारे बताउँदै भनेकी छिन् ‘हामी दुवै एक अर्कालाई सबैभन्दा धेरै महत्व दिनेछौं।

यहाँसम्म कि आफ्ना माता पिता भन्दा पनि माथि आफ्नो पार्टनरलाई राख्नेछौं। अहिलेसम्म बेलीको यो भिडियोलाई २.३ मिलियन भन्दा धेरैले हेरिसकेका छन्। मानिसहरुले यसप्रति अनौठा प्रतिक्रिया पनि दिएका छन्।

तेस्तै, एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ जरिवानाको सजाय पाएकी छिन्।

मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा पक्राउ परेकी थिइन्।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्यवहार र अनैतिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन्।

उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन्। यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो।

४२ वर्षकी यी बेली डान्सरले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष बताएकी थिइन् । उनले आफ्नो फोनबाट ती भिडियो चोरी गरिएको र उनको सहमतिबिना सामाजिक संजालमा शेयर गरिएको बताएकी थिइन्।

कायरोको अदालतले शनिबार फैसला सुनाउँदै उनले अनैतिकता फैलाउने उद्देश्यले सामाजिक संजालमा ती भिडियो शेयर गरेको बताएको छ।अदालतले उनले मिश्रमा परिवारको सिद्धान्त र मूल्य मान्यताको उल्लंघन गरेको ठहर गरेको छ।

अदालतको यो फैसलाको विषयमा त्यहाँको संसदका एक सदस्य जोन तलाटले भने ‘स्वतन्त्रता र भ्रामकतामा ठूलो अन्तर छ। एल मेसी र अन्य महिलाहरु सामाजिक संजालमा भिडियो पोस्ट गरेर पारिवारिक मूल्यहरुलाई बर्बाद गरिरहेका थिए जो संविधानको विरुद्ध छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ