आज : गते

ताजा शिर्षकहरु

तोलामै १६०० ले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित
498
SHARES

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ