आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भीम रावलको अध्यक्ष बन्ने सपनामा ईश्वर पोखरेलको ब्रेक

प्रकाशित
242
SHARES

काठमाडौ। आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेद्वारीको घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एक गुनासो पाखेका छन्।

पार्टीमा व्यक्ति प्रवृत्तिविरुद्ध खरो रुपमा उत्रिने उपाध्यक्ष रावलले उम्मेवारी दिने क्रममा आफूले पार्टी कार्यालयबाटै अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका हुन्।

तर, आफूले त्यस्तो चाहे पनि त्यो धोको पूरा नभएको पनि उनले बताए। उनका अनुसार एमाले महासचिव ईश्वर पोखरेलले ‘कार्यालयमा कक्ष छैन र हुँदैन’ भनेपछि आफूले पत्रकार सम्मेलन गरेरै उम्मेदवारीको घोषणा गरेको बताए।

उनले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ। तर महासचिवबाट कार्यलयमा भएका सबै कक्ष खाली छैनन् भनियो।

पार्टी नेतृत्व १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन्।

‘मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु।

रावलले भने, ‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म,

चितवन जिल्लामा हुने नेकपा ९एमाले० को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ।

यसअघि नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए। एमालेको नवौं महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा उपाध्यक्ष पदका रावलले ११४३ मत ल्याएर विजयी भएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले आफूलाई एमालेको महाधिवेशनमा वक्ताको रुपमा निम्तो आएको बारेको बोलेका छन्।

उनले तर, आफू त्यो महाधिवेशनमा जाने वा नजाने भनेर निर्णयमा पुगिनसकेको र यसबारेमा पार्टीमा छलफल गरेरमात्रै निर्णय गर्ने बताएका हुन्।

आज ९सोमबार० पार्टीले चितवनको होटल गंगोत्री हाईवेमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथ प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्।

उनले एमालेको महाधिवेशन चितवनमा आयोजना गरिनु माओवादी केन्द्रलाई र विशेषगरि आफूलाई सिध्याउनको लागि भएको पनि टिप्पणी गरे। त्यस्तै, उनले एमालेको १०औं महाधिवेशन केही पनि नहुने ?

भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई नेता मान्ने हिँड्नेबाहेक केहीपनि नहुने जिकिर गरे। उनले भनेका छन्, एमालेले चितवनमा महाधिवेशन गर्नुको कारण माओवादी र मलाई सिध्याउन हो,

त्यहाँ के को छलफल हुनु ? छलफल हुने पनि होइन, केही पनि होइन केपी ओलीलाई नेता भन्ने हिँड्ने अधिवेशन हो। त्यस्तो नि अधिवेशन हुन्छ त ?

प्रतिक्रिया