आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भिम रावलसँग मिलेर बामदेव गौतम पनि मैदानमा, झस्किए ओली

प्रकाशित
1.7K
SHARES

काठमाडौ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै दशौँ महाधिवेशनमार्फत सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको चाहाना पूरा नहुने भएको छ।

सँगसँगै अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका अर्का नेता घनश्याम भुसाल चाहिँ रावलको उम्मेदवारीपछि अलमलमा परेका छन्। अध्यक्ष ओली अध्यक्षसहितका १५ पदाधिकारी सहमतिकै आधारमा चयन गर्ने पक्षमा रहेका थिए।

त्यसका लागि ओलीले आफ्ना प्रत्येक भाषणमा सहमति पनि लोकतन्त्रको उच्चतम विधि भएकाले त्यसैबाट अघि बढ्नुपर्ने बताउँदै आएका थिए। तर, ओलीको उक्त चाहानाविपरीत उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी,

दिने निर्णय गरेपछि एमालेको महाधिवेशनले फरक मोड लिने भएको छ। मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औँ महाधिवेशनमा रावलले सबैभन्दा अगाडि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

महाधिवेशन उद्घाटन हुनु ५ दिनअघि रावलले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि एमाले वृत्तमा तरङ्ग पैदा हुन पुगेको छ।

यद्यपि एमालेमा ओलीको तुलनामा रावलका मतदाता न्यून रहेका छन्। रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे पनि अर्का नेता घनश्याम भुसालले भने अहिलेसम्म कुनै पदमा उम्मेदवारी दिने बताइसकेका छैनन्।

यसअघि रावलले अध्यक्षमा उम्मेदवारी नदिए भुसालले दिने तयारी गरेका समाचारहरू सार्वजनिक भएका थिए। कतिपयले रावलले अध्यक्षमा उम्मेदवारी दिएकाले भुसालले महासचिवमा उम्मेदवारी दिन सक्ने सम्भावना रहेको बताएका छन्।

माधव नेपालले पार्टी विभाजन गर्दा नेपालको नयाँ पार्टीमा नलागी रावलसहित १० नेता एमालेमै बसेका थिए। यसरी एमालेमै बस्ने नेताहरूमा उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य तथा उपमहासचिव घनश्याम भुसाल पनि एमालेमै बसेका थिए।

त्यस्तै सचिवहरू योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट तथा अनुशासन आयोगका अध्यक्षसमेत रहेका अमृतकुमार बोहरा र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि एमालेमै बसेका थिए।

यी नेताहरू विगतमा ओलीले गरेको संसद् विघटनविरुद्धको संघर्षमा नेपालसँग भए पनि पार्टी विभाजनका बेलामा भने एमालेमै बस्न पुगेपछि कतिपयले ओलीको टाङमुनि छिरेको भनेर टिप्पणी समेत गर्ने गरेका थिए।

तर, उनीहरूले भने पार्टीमै रहेर संघर्ष गर्नु उपयुक्त हुने भन्दै ‘फेस सेभिङ’ गर्दै आएका थिए। यसमा उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसाल बाहेक अन्य नेताहरूले भने ओलीका पछिल्ला निर्णयहरूमा समेत प्रश्न उठाउन सकेका थिएनन्।

विगतमा केपी शर्मा ओलीका कदमविरुद्ध माधव नेपाल र झलनाथ खनाल समूहमा रहेर संघर्ष गरेका रावल नेपालले अलग पार्टी गठन गर्दा भने एमालेमै बसेका थिए। आफ्नो उम्मेदवारी घोषणा गर्दै रावलले १२ उद्देश्य १५ वटा मान्यता अघि सारेका छन्।

पार्टीलाई विधि, पद्धति, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरूप सञ्चालन गर्ने । पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरूप गर्ने र अन्तर्विरोध तथा समस्याहरूको,

यथा समयमा समाधान गर्दै संगठनलाई क्रियाशील र सशक्त तुल्याउने’ रावलको मान्यता छ। ​उनले शीर्ष कार्यकारी तहको नेतृत्वपंक्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि,

भइसकेकोले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सदुपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण पनि आफूले उम्मेदवारी दिनुपरेको बताएका छन्।

‘निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने’, आफ्नो १५ बुँदे मान्यता रहेको रावलले जनाएका छन्। त्यस्तै रावलले आफूले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्त्व दिएको बताएका छन् । ‘कुनै व्यक्ति विशेषप्रति कुनै आग्रह राखेको छैन।

पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीँ समर्पण गरेको छैन’, रावलले भनेका छन्।

कुनै पनि पनि इमानदार पार्टी नेताले त्यसो गर्न पनि सक्दैन। यही विचार र मान्यता अनुरूप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेको छु ।अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि नेकपा ९एमाले० का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु।

अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकाङ्क्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनुहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु’, रावलको भनाइ छ।

नेकपा एमाले फुट्दा बामेदव गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा थियो। उनले त्यही संकेत पनि गरेका थिए। तर, गएनन्। गौतम अहिले हराएका जस्तै छन्। तर, चुप बसेका छैनन्।

उनी भित्र भित्र कम्युनिस्ट एकता अभियानमा लागेका छन्। नेकपा एसमा नलागेका गौतम नेकपा एमालेमा नभएको घोषणा गरेका छन्। तर, एमालेले उनलाई उपाध्यक्षकै रुपमा राखेको छ। १०औं महाधिवेशनपछि भने उनी कुनै पदमा रहने छैनन्।

गौतम कुनैबेला एमालेका शक्तिशाली नेता थिए । उनले एमाले फुटाएर माले बनाएको इतिहास पनि छ। दुईपटक गृहसहित उपप्रधानमन्त्री बने। हक्की स्वभावका उनी केपी शर्मा ओली र माधवकुमार नेपालसामु भने कमजोर देखिए।

गौतमको प्रधानमन्त्री बन्ने चाहना अझै पूरा भएको छैन। उनी सरहका नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बने। तर, गौतम बन्न सकेनन्। उनले प्रयास भने छाडेका छैनन्।

गएको आमनिर्वाचनमा जाँदा गौतम प्रधानमन्त्रीका दाबेदार जसरी गएका थिए। तर, चुनाव हारेपछि त्यो सम्भावनाको ढोका बन्द भयो ।अहिले गौतम रणनीतिक तरिकाले कम्युनिस्ट एकता बनाउने र त्यसको जस लिने गरी बढेका छन्।

कम्तिमा नेकपा माओवादी केन्द्र, नेकपा एससहित कम्युनिस्ट घटकहरु एक बनाएर चुनावमा जाने वातावरण तयारीमा लागेका छन् । उनी बलियो गठबन्धन या केही कम्युनिस्ट पार्टीको एकताबाट बनेको शक्तिमा जाने सम्भावना बलियो छ। तर, ओली नेतृत्वको नेकपा एमालेमा फर्कने सम्भावना कम छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ