आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डेढ केजी सुँगुरको मासु र साढे ३ केजी प्राउन खाने व्यक्तिलाई रेस्टुरेन्टमा जान प्रतिबन्ध

प्रकाशित
1K
SHARES

एजेन्सी। चीनमा धेरै मासु खाने एक व्यक्तिलाई एउटा रेस्टुरेन्टले त्यहाँ आउजाउ गर्न प्रतिबन्ध लगाएको छ। बीबीसीका अनुसार इन्टरनेटमा खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गर्ने एक चिनियाँ,

व्यक्तिलाई धेरै खाएको भन्दै एउटा रेस्टुरेन्टले प्रतिबन्ध लगाएको हो। काङ नामले चिनिने ती पुरुषले हुनान टीभीलाई आफूलाई रेस्टुरेन्टले प्रतिबन्ध लगाएको बताएका हुनु।

दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने हान्डाडी सीफूड बीबीक्यू बफे रेस्टुरेन्टले उनलार्य प्रतिबन्ध लगाएको उनको भनाइ छ। उनले आफूले पहिलो पटक डेढ केजी सुँगुरको मासु,

र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन्। काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति “भेदभावपूर्ण” व्यवहार गरेको गुनासो गरेका छन्। उनले भने,“म धेरै खान सक्छु, के त्यो मेरो गल्ती होर ?

तर रेस्टुरेन्टका मालिकले भने काङ आउँदा आफ्नो रेस्टुरेन्टलाई घाटा हुने गरेको बताएका छन्। दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने नियम भएपछि काङले त्यहाँ धेरै खानेकुरा खाने गरेका थिए।

उनको ख्वाई हेर्दा उनी धेरै खानेकुराले मात्र अघाउँथे जसकारण रेस्टुरेन्टले उनलाई प्रतिबन्ध लगाउन बाध्य भएको हो। यो  समाचार प्रकासित भएपछि गाउलेहरु चकित परेका छन्।

तेस्तै, चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ । सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसंख्या मन्त्रालयले जनाएको छ ।

ठूलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन उसका लागि चुनौती हुन सक्ने बताइएको छ। सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो।

शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापी रुपमा देखिएको कोभिड संक्रमणसँग पनि जोडिएको छ। चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार जनाको जन्म भएको थियो।

सन् २०१९ मा यो संख्या १ करोड १० लाख ७९ हजार थियो। देशको जन्मदर वर्षौैंदेखि घटिरहेको छ । उमेरका कारण काम गर्ने जनसंख्याको एउटा समूह सेवानिवृत्त भएसँगै जन्मदरमा देखिएको,गिरावटले ठूलो अर्थतन्त्र भएको देश चीनमा दीर्धकालीन असर पार्ने विज्ञहरु बताउँछन्।

घट्दो जन्मदर रहे पनि मृत्युदरसमेत न्यून हुँदा चीनको जनसंख्या सन् २०१९ मा १।३९ अर्बबाट बढेर १।४ अर्ब पुगेको थियो। सन् १९७९ मा चीनले एउटा मात्र सन्तान जन्माउन पाउने पाउने नीति ल्याएको थियो।

सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दुई सन्तान जन्माउने अनुमति दिएको थियो।तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न सहयोग नगरेको विज्ञहरु बताउँछन्।

प्रतिक्रिया