आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले सिमानामा क्रुज मिसाइल जडान गरेपछि भारतमा भूकम्प

प्रकाशित
1.6K
SHARES

एजेन्सी। चीनले भारतसँगको सीमामा घातक बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ। चीन र भारतबीच तनाब बढिरहेका बेला चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोलमा एच–६के बम्बर तैनाथ गरेको हो।

एच– ६के बम्बर पहाडहरुमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन्। चीनले यसअघि बम्बरहरुलाई सान्सी प्रान्तमा राखेकोमा पछिल्लो समयमा भारतसँगको विवाद,

बढेसँगै सिन्जियाङनजिकको कासगरमा तैनाथ गरेको छ। तैनाथ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाको पश्चिम थियटर कमान्ड पर्छ।एच–६के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध खराब दिशातर्फ बढिरहेको टिप्पणी गरेको केही दिनमै चीनले अत्याधुनिक हतियार तैनाथ गरेको हो।

विदेशमन्त्री जयशंकरले यसअघि दुई देशबीच भएका सम्झौता उल्लंघन गरेर चीनले एकतर्फी रुपमा सीमामा बस्ती बसालेको आरोप लगाएका थिए।गत जुनमा चीन र भारतका सेनाबीच गालवान उपत्यकामा दोहोरो झडप भएको थियो।

झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चार जना चिनियाँ सेना पनि मारिएका थिए। सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण यसै साता सार्वजनिक भएको थियो।

चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको थियो। सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ।

तेस्तै, चीनका विदेशमन्त्री वाङ यीले चीनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका छन्। चीनविरोधी देशहरुलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चेतावनी दिँदै उनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका हुन्।

ताइवानको विषयलाई लिएर अन्य देशहरुसँग द्वन्द्व गर्ने चीनको आशय नभएको उनले बताए। उनले चीन र अमेरिकाबीचको सम्बन्धले विश्वकै भविष्य निर्धारण गर्ने बताए।ताईवानले अमरिकाले प्रदान गरेको अत्याधुनिक लडाकु जेट एफ–१६ भी,

परिचालन गरिरहेको पृष्ठभूमिमा चीनका विदेशमन्त्रीको टिप्पणी आएको हो। सो जेट ताईवान र अमेरिकाबीचको साझेधारीको बिम्ब भएको ताइवानका राष्ट्रपति साई इन वेनले बताएका छन्।

गत महिना ताइवानको हवाई क्षेत्रमा चीनले ठूलो संख्यामा लडाकु विमानहरू उडाएको थियो। त्यसको अमेरिकाले विरोध गदैै आएको थियो। चीनले ताइवानमाथि हमला गरे ताइवानलाई सहयोग गर्ने अमेरिकाले बताउँदै आएको छ।

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री वाङले पछिल्लो समयचीन र अमेरिकाबीचको व्यापार सम्बन्ध बिग्रिएको बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ