आज : गते

ताजा शिर्षकहरु

रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु, को को तानिए

प्रकाशित
648
SHARES

काठमाडौ। उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए।

प्रधानमन्त्री देउवाले पतञ्जली योगपीठको कार्यालयमै गएर ती दुई टेलिभिजनको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूको सहभागिता थियो। विभागका प्रवक्ता भरत गौतमले प्रधानमन्त्री स्वयंले उद्घाटन गरेको टेलिभिजनको दर्ता प्रक्रियाबारे विवाद आएपछि अनुसन्धान अघि बढाइएको बताए।

सम्माननीय प्रधानमन्त्रीज्यू पनि उद्घाटन कार्यक्रममा सरिक हुनुभएको हुनाले यो विषयमा के हो भनेर जानकारी लिने प्रक्रियामा छौं,’ उनले भने,’ अनुसन्धान त गर्नु पर्‍यो नि, कानुनी ट्रयाकमा छ कि छैन भनेर हेर्नुपर्‍यो।

उनले उक्त टेलिभिजनहरू ऐनअनुसार प्रसारण भएका छन् कि छैनन् भनेर अनुसन्धान भइरहेको बताए। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी बर्जित गरेको छ।

ती च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभएको पाइएपछि सर्वत्र आलोचना हुन थालेको छ। राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका, २०६० ले रेडियो र टेलिभिजन,

सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएरमात्रै टेलिभिजन सञ्चालन गर्नुपर्ने व्यवस्था छ। यद्यपिव, यी दुई टेलिभिजन विभागमा दर्ता भएको छैन। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी खुला नगरिएका,

उद्योग वा व्यवसायको सूचीमा ‘आमसञ्चार माध्यमहरू पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचारको व्यवसाय तथा राष्ट्रभाषाका चलचित्र व्यवसाय’लाई राखेको छ।यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा रहेको छ।

तेस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरू रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेका छन्।

आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई यस्तो प्रस्ताब गरेका हुन्।

मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिए। नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरूको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए।

‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोशन गर्नका लागि ब्राण्ड एम्बेस्डरको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ चारदिने भ्रमणमा आउँदा यसले राम्रो म्यासेज पनि गएको छ विश्वभरमा प्रचार–प्रसार पनि भएको छ।

उनले भने, ‘नेपाल बुद्ध र सगरमाथाको देश भनेर पनि चिनिन्छ। योग गुरू रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उनले विश्वास व्यक्त गरे।

कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरू रामदेवलाई आग्रहसमेत गरे।

‘हामीले मन्त्रालयको तर्फबाट जुन ब्राण्ड एम्बेस्डरका लागि अनुरोध गरेका छौं। धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन्। हामीहरु स्वागत गर्छौ। यहाँ कोभिड धेरै कम छ ।

सबैले खोप लगाएका छन् । त्यसैले यहाँको पर्यटन क्षेत्रको प्रमोशन गरिदिनुहोला। आगामी दिनमा पनि यहाँलाई स्वागत गर्न पाईयोस्,’ मन्त्री आलेले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ