आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मलाई डाक्टरले लड्न हुँदैन भनेका छन्- केपी ओली

प्रकाशित
741
SHARES

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका छन् ।

दुई पटक मिर्गौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याटमिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है ।

फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याटमिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’

खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उनले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताए । त्यस्तै ओलीले राजनीतिक रुपमा जतासुकै लागेको भएपनि खेलकुद महासंघले खेलाडीहरुलाई संगठित र बनाउनुपर्ने बताएका छन् ।

आइतबार राजधानीमा खेलकुद महासंघद्वारा आयोजित खेल नीति सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलाडीहरु खेलाडीमात्र नभएर अभियान्ता हुन सक्नुपर्ने बताए । ‘जो जतासुकै लागेका हुन् ।

राजनीतिक रुपमा जुनसुकै अर्गनाइजेसनमा लागेका हुन् खेलकुद महासंघले युवाहरुलाई संगठित परिचालित गर्नुपर्छ, तिनलाई दक्ष बनाउनुपर्दछ र तिनलाई खेल अभियन्ताका रुपमा पर्सनल एम्बेस्डरका रुपमा अघि बढाउन ध्यान दिनुपर्छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ