आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले चितवनमा रात्रिभोज दिने

प्रकाशित
727
SHARES

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रि भोज दिने भएका छन् । यही मंसिर ११ गते उनले चितवनको सौराहस्थित एक होटलमा रात्रि भोज दिनेछन् । एमालेको महाधिवेशन १० गते चितवनमा उद्घाटन हुनेछ । बन्द सत्र भने सौराहास्थित सेभेनस्टार होटलमा हुनेछ ।

अध्यक्ष ओलीले देशभरबाट आएका १९ बढी महाधिवेशन प्रतिनिधिलाई रात्रि भोज दिने र आफ्नो नेतृत्वबारे प्रष्टीकरण दिने कार्यक्रम तय भएको ओली निकट स्रोतले जनाएको छ । एमाले विभाजनपछि पहिलो पटक महाधिवेशन हुन लागेको छ ।

ओली पुनः अध्यक्षमा निर्विरोध दोहोरिने चर्चाका बीच आइतबारमात्र उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छ । रावलको घोषणासँगै अब अध्यक्षमा चुनाव हुने लगभग पक्का देखिएको छ । १५ सदस्यीय पदाधिकारी पनि सर्वसम्मतको कसरत भइरहेको छ ।

तर, आकांक्षी धेरै भएकाले चुनाव हुने सम्भावना पनि बढ्दै गएको नेताहरुले बताएका छन् । हालका पदाधिकारीले पनि फेरि पदाधिकारीमै दाबी गरिरहेका छन् ।

भने हाल पदाधिकारी नरहेका नेताहरुले पनि पदाधिकारीमा दाबी गरेका छन् । उनीहरुले पदाधिकारीमा दाबी गरे पनि उम्मेदवारी दिने विषयमा भने कसैले पनि मुख खोलेका छैनन् ।

प्रतिक्रिया