आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीको ‘टाङमुनि छिरेर बस्ने’ की सन्न्यास लिने भन्ने भएपछि नयाँ पार्टी गठन : नेपाल

प्रकाशित
424
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमा ढोका बन्द गरेकाले नयाँ पार्टी खोल्नुपरेको बताएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले मध्यपुरथिमिको बोडेमा आयोजना गरेको,

राष्ट्रिय भेलाको अन्तिम दिन शनिबार अध्यक्ष नेपालले यस्तो बताएका हुन्। राजनीतिबाट सन्न्यास लिने या ओलीसामु आत्मसमर्पण गर्ने भन्ने अवस्था आएपछि बाध्य भएर नयाँ पार्टी खोलेको नेपालले बताए।

हामीलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्न्यास लिने कि, आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनि छिरेर बस्ने भन्ने भयो। हामीले त्यसलाई अस्वीकार गर्‍याैँ र बाध्य भएर नयाँ पार्टी गठन गर्‍याैँ, उनले भने।

एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिँडेको भन्दै उनले अहिले आफ्नो पार्टीमा प्रवेश गर्ने क्रम चलेको दाबी गरे। नेपालले सरकारमा रहेका आफ्ना मन्त्रीले गलत काम गरे कारबाही गरेर फिर्ता बोलाइनेसमेत बताए।

तेस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले गैरकम्युनिस्ट आचरण भएका व्यक्तिहरूको पार्टी बनेको बताएका छन्। नेपाल अहिले पशिम नेपालको भ्रमणमा छन्।

बिहीबार धनगढीमा पार्टीको प्रदेश कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले राम्रा, सुसंस्कृत, कम्युनिस्ट आचरण बोकेका र कम्युनिस्ट सिद्धान्तबाट उत्प्रेरित मान्छेहरू एमालेमा नरहेको बताए।

कम्युनिस्ट आन्दोलन र आदर्शप्रति समर्पितहरू एकीकृत समाजवादीमा आइसकेका उनको दाबी थियो। एमाले राम्रा, सुसंस्कृत, कम्युनिस्ट आदर्शबाट उत्प्रेरित होइन, गैरकम्युनिस्ट आचरण अँगाल्नेको पार्टी बन्दै छ।

नेपालले भने, ‘समाजवादी पार्टी कम्युनिस्ट आदर्शप्रति समर्पितको पार्टी बन्दै छ। धनगढीमै बिहीबार पार्टीका प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको उद्घाटनमा अध्यक्ष नेपालले ओलीमा सैद्धान्तिक विचलन आएकाले आफूहरूले विद्रोह गरेको बताए।

केपी ओलीमा घमन्ड बढ्यो, सैद्धान्तिक विचलन आएपछि आफू बलियो हुन दक्षिणपन्थी धारमा लाग्नुभयो। उहाँमा घमन्ड बढ्दै गयो। त्यस्तो अवस्थामा हामीसँग लम्पसार पर्ने वा विद्रोह गर्ने विकल्प थियो।

हामीले विद्रोह रोज्यौँ,’ उनले भने। कार्यालय उद्घाटनपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताए।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरंकुशताविरुद्ध डटेर लाग्नुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी तथा,

केन्द्रीय सदस्य घोषणासभालाई सम्बोधन गर्दै उनले निरंकुशताविरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका हुन्। सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन उनले सबै पार्टीपंक्तिलाई निर्देशनसमेत दिए।

अध्यक्ष नेपालले अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिस्ट नामका दलहरू सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाब दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पुर्याउन संगठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया