आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोदीको टाउकोको मुुल्य १ करोड तोकेपछि…

प्रकाशित
1.8K
SHARES

एजेन्सी। टाउकोको मूल्य १ करोड तोकिएका प्रशान्त बोस र उनकी पत्नी शीला मरांडी पक्राउ परेका छन्। प्रशान्तले पक्राउ परेपछि दिएको बयानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना आफूले नै बनाएको स्वीकार गरेका छन्।

भारतीय कम्युनिस्ट पार्टी ९माओवादी० का बरिष्ठ पोलिटब्युरो सदस्य प्रशान्त अहिले पार्टीमा दोस्रो सबैभन्दा ठूला नेता हुन्। उनी पार्टीमा महासचिव नम्बाला केशव रावपछि दोस्रो स्थानमा छन्।

आफ्नो कोड नाम किसान दा भनेर चिनिने प्रशान्त र उनकी पत्नी शीलालाई गत शुक्रबार झारखण्डको जमशेदपुर नजिकैबाट पक्राउ गरिएको हो। उनी भाकपा माओवादीका पोलिटब्युरो सदस्य हुनुका साथै पार्टीको पूर्वी क्षेत्रीय ब्युरो प्रमुख हुन्।

पुलिसले प्रशान्तलाई बिहार, झारखण्ड, पश्चिम बंगाल, उडिसा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्रमा माओवादीको अपरेशनको मास्टरमाइण्ड मान्ने गरेको छ।

प्रशान्त बोस माओवादी कम्युनिस्ट सेन्टर अफ इण्डियाका संस्थापक सदस्य हुन्। यो संगठन पछि पिपुल्स वार ग्रुपसँग मर्ज भएर भाकपा माओवादी बनेको थियो । प्रशान्तविरुद्ध झारखण्डमा करिब ५० केस दर्ता छन्।

उनको टाउकोको मूल्य १ करोड रुपैयाँ तोकिएको थियो। पक्राउ पर्दा प्रशान्तको साथबाट डेढ लाख रुपैयाँ र एउटा पेनड्राइभ बरामद भएको बताइएको छ । पेनडाइभमा नक्सली संगठनको बारेमा कैयौं महत्वपूर्ण सूचना भएको बताइएको छ।

प्रशान्त विगत कैयौं दशकदेखि भारतका कैयौं राज्यका पुलिसको लागि वान्टेड थिए। प्रशान्त झारखंड, बिहार, पश्चिम बंगाल, उडिसा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्रमा २ सय भन्दा धेरै नक्सली अपरेशनका मास्टरमाइण्ड थिए।

उनको उमेर ८० वर्षभन्दा धेरै भइसकेको छ। उनी वृद्ध भए पनि संगठनका थिंक ट्यांक भएका कारण पार्टीभित्र उनको ओहोदा निकै उच्च छ। प्रशान्तले मुख्य गरी झारखण्डका जंगल र पहाडहरुमा शरण लिन्थे।

प्रशान्त मूल रुपले पश्चिम बंगालको २४ परगना जिल्लाका हुन् । उनले झारखंडको टुंडी प्रखंडकी आदिवासी महिला शिलासँग विवाह गरेका थिए। पुलिस सूत्रका अनुसार प्रशान्त १९६० को दशकको सुरुवातमै नक्सलीसँग सम्बन्धित एक श्रमिक संगठनको सदस्य भएका थिए।

त्यसपछि उनलाई १९७४ मा गिरफ्तार गरिएको थियो । ४ वर्षपछि १९७८ मा उनलाई रिहा गरिएको थियो। रिहा भएपछि उनले कर्न चटर्जीसँग मिलेर माओवादी कम्युनिस्ट सेन्टर अफ इण्डियाको स्थापना गरेका थिए । यो समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको हो।

तेस्तै अन्ततः भारतीय प्रधानमन्त्री ब्याक भएका छन्। बहुमतसहित दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री बनेका नरेन्द्र मोदी कडा अडान भएका नेता मानिन्छन्।

उनी सामान्यतया झुक्दै झुक्दैनन्। तर शुक्रवार बिहान उनले देशवासीलाई सम्बोधन गर्दै आफ्ना लामो समयदेखिको अडान त्यागे र किसानसामु झुके।

भारतका किसानले विगत १ वर्षदेखि विरोध गर्दै आएको कृषि कानून फिर्ता लिन मोदीले आनाकानी गरिरहेका थिए। सरकार र किसानबीच लामो समयदेखि संघर्ष चलिरहेको थियो तर ,

मोदी सरकार कानून लागू गराउन अडानमा थियो। शुक्रवार अप्रत्याशित रूपमा मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरे। आखिर मोदी किन झुके ? भारतभर चर्चा भइरहेको छ।

भारतका ठूला र प्रभावशाली प्रदेशहरूमा चुनाव हुन गइरहेकाले चुनावमा नकारात्मक असर कम गर्न कानून फिर्ता लिने घोषणा गरिएको विश्लेषण हुन थालेको छ।

आगामी वर्ष भारतका उत्तर प्रदेश, पञ्जाब लगायत ठूला प्रदेशमा चुनाव हुँदैछ ।कृषि कानूनको विरोध चलिरहेका बेला भारतका विभिन्न् क्षेत्रमा भएका चुनावमा सरकारको नेतृत्व गरेको पार्टी,

भारतीय जनता पार्टी भाजपालाई घाटा लागेको देखिएको छ। चुनावी घाटा कम गर्न चुनावको चर्चाबीच कृषि कानून फिर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ