आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस

प्रकाशित
213
SHARES

काठमाडौ। कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल भएकी छिन्। राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको,

अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेको बीबीसीले जनाएको छ। बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो।

प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए जसमा उनी स्वस्थ अनि आफ्नो काम गर्नका लागि सक्षम रहेको उल्लेख गरिएको छ।

राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो। ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन्।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताएकी छन्।

यो पनि, विश्व इतिहासमा आजः चीन र भारतबीचको युद्ध अन्त्यदेखि आयरल्यान्डको ब्लडी सन्डे: आज २१ नोभेम्बर। आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा भएका केही स्मरणीय घटनाः

पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला: सन् १९७९ मा एउटा अज्ञात मुस्लिम समूहले पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगो लगाइदिएको थियो।

मुसलमानहरुको पवित्र सहर मक्काको एउटा मस्जिद बिस्फोटको घटनामा अमेरिकासमेत संलग्न रहेको आरोप लगाउँदै समूहले अमेरिकी दूतावासमा हमला गरेको हो। आगलागीबाट दूतावास भवनमा क्षति पुगेको थियो।

संसारको लमो सस्पेन्सन ब्रिज: सन् १९६४ मा संसारकै लामो सस्पेन्सन ब्रिज सर्वसाधारणका लागि खुला गरिएको थियो । न्युयोर्कको ब्रुकलाईन र स्टेटन टापु जोड्ने सो पुल विश्वकै पहिलो लामो सस्पेन्सन ब्रिज हो।

सन् १९८१ मा बेलायतमा निर्माण भएको सस्पेन्सन पुलले अमेरिकाको रेकर्ड तोडेको थियो।चीन र भारतबीचको युद्ध अन्त्य: सीमा विवादलाई लिएर एसियाका शक्तिशाली दुई देश भारत र चीनले बारम्बार युद्ध गरेका छन्।

त्यस्तै युद्ध सन् १९६२ मा भएको थियो। सीमा विवादलाई लिएर भएको सो युद्ध एक महिनापछि अर्थात आजकै दिन समाप्त भएको थियो । चीनले एक पक्षीय ढंगले युद्धबिराम घोषणा गरेपछि एक महिना लामो युद्ध समाप्त भएको थियो।

आयरल्यान्डको ब्लडी सन्डे: सन् १९२० मा आयरल्यान्डको स्वतन्त्र युद्धको समयमा एउटा दुःखद घटना भएको थियो, जुन अहिले पनि इतिहासमा सम्झिइन्छ।

ब्रिटीश सरकार र आयरल्यान्डीच भएको युद्धको क्रममा सन् १९२० को २१ अक्टोबरको आइतबार मिसेल कोलिन्स नेतृत्वको आईरिस रिपब्लिक आर्मी ९आइआरए० ले ३० ब्रिटीश नागरिकको हत्या गरिदिएको थियो।

प्रतिक्रिया