आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले अमेरिकामाथि जुनसुकै बेला आणविक हमला गर्नसक्ने

प्रकाशित
1.4K
SHARES

एजेन्सी। चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाईल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, ‘केही महिना अगाडि चीनको हाइपरसोनिक मिसाईल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाईल खसाल्यो, जुन पुनः चीनमै फर्कियो।

उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ।’ चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए।

‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छरु’ अमेरिकी टेलिभिजन च्यानल सीबीएसँगको एक अन्तर्वार्तामा उनले भने, ‘ चीनले बिकसित गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ। ’

ताइवानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो। सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो।

अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीब्र गतिमा आणविक हतियार बिकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ। अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन्।

चीनले एक हजार बढी परमाणु हतियार बनाउन सक्छ पेन्टागन: सन् २०२७ सम्म चीनले ७०० र सन् २०३० सम्ममा एक हजार बढी परमाणु हतियार बनाउन सक्ने प्रक्षेपण सहितको रिपोर्ट अमेरिकी रक्षा मन्त्रालयको मुख्यालयले सार्वजनिक गरेको छ ।

पेन्टागनले बुधवार सार्वजनिक गरेको एक रिपोर्टले उक्त विषय पुष्टि गरेको हो । यद्यपि, चीनसँग अहिले कति परमाणु हतियार छन्, भन्ने कुरा रिपोर्टले उल्लेख गरेका छैन ।

अमेरिकाले भने आफ्नो परमाणु हतियार सङ्ख्या बढाएको छैन । जो बाइडेन प्रशासनले अहिले परमाणु नीतिमाथि व्यापक समीक्षा गरिरहेको छ । यद्यपि, चिनियाँ प्रभुत्वका बिच,

नीतिमा कस्तो फेरबदल हुनसक्छ भन्ने कुरा विषयमा केही भनिएको छैन। पछिल्लो समय ताइवान कब्जा गर्ने विषयमा झनै एकत्रित भई हेका बेला चीनले आणविक,

हतियार एवं अन्य सैन्य उपकरणहरूको विकासलाई गति दिइरहेको छ। यद्यपि, यो सबै विषय अमेरिकी अधिकारीहरूको निगरानीमा रहेको देखिन्छ। तेस्तै, महाशक्ति अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ।

संसारका विभिन्न मुलुकको आर्थिक विवरणहरुको अध्ययन गर्ने संस्था म्यानेजमेन्ट कन्सलटेन्ट म्याकिन्जे एन्ड कम्पनीको पछिल्लो एक अध्ययनअनुसार पछिल्लो २० वर्षमा संसारको कूल सम्पत्ति तीन गुणाले बढेको छ।

यो सम्पत्ति वृद्धिमा चीनको हिस्सा ३३ प्रतिशत छ अर्थात करिब १६ गुणाले बढी छ। उक्त अध्ययनका अनुसार सन् २००० मा संसारको कूल सम्पत्ति १५६ खर्ब डलर थियो भने सन् २०२० मा वृद्धि भएर ५१४ खर्ब अमेरिकी डलर पुग्यो।

सन् २००० मै चीनको कूल सम्पत्ति ७ खर्ब डलर थियो भने सन् २०२० मा यसमा तीव्र वृद्धि भएर १२० खर्ब डलर पुग्यो। पछिल्लो २० वर्षमा अमेरिकाको सम्पत्तिमा दुई गुणाले वृद्धि भयो।

सन् २०२० अमेरिकाको सम्पत्ति ९० खर्ब डलर पुगेको छ। प्रतिवेदनका अनुसार अमेरिकी सम्पत्तिको मूल्यमा वृद्धि नभएपछि चीनको तुलनामा निकै कम रह्यो।

अन्ततः अमेरिकाले शीर्षस्थान गुमायो ।रिपोर्टका अनुसार चीन र अमेरिकाको बढी धनको हिस्सा केही धनी व्यक्तिमा मात्र सीमित छ । यी दुई देशमा १० प्रतिशत व्यक्तिमा मात्र बढी धन जम्मा भएको छ।

रिपोर्टका अनुसार यी दुई देशमा धनीको संख्यामा तीव्ररुपमा बढोत्तरी भएको छ जसका कारण धनी र गरिबबीच असमानता पनि बढिरहेको छ ।विश्वको कूल सम्पत्तिको ६८ प्रतिशत हिस्सा अचल सम्पत्तिको रुपमा रहेको छ भने बाँकी अचल सम्पत्ति छ।

प्रतिक्रिया