आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले सीमामा पठायो रणनीतिक बमवर्षक विमान, मोदीलाई खान रुच्न छोड्यो

प्रकाशित
686
SHARES

काठमाडौं। चिनियाँ सेनाले लामो दुरी उड्न सक्ने रणनीतिक बमवर्षक विमान भारतको सीमामा पठाएको छ। आगामी हिँउदमा सीमामा तनाव नबढाउन भारतलाई चेतावनी दिने उदेश्यले चिनियाँ सेनाले एच-६के बमवर्षक विमान पठाएको विश्लेषकहरुले बताएका छन्।

नोभेम्बर ११ मा पीएलएको ७२ औँ वर्षगाँठ थियो। सोही अवसरमा सरकारी सञ्चारमाध्यम सीसीटीभीले हिमाली भेगमा एच–६के विमान उड्दै गरेको फुटेज प्रसारण गरेको थियो। सो विमानमा छोटो दुरीमा प्रहार गर्न मिल्ने केडी–६३ क्षेप्यास्त्र जडिएका थिए।

बेइजिङस्थित एक सैन्य स्रोतले जनाएअनुसार सो विमान प्रायः सान्सी प्रान्तमा राखिने गरिन्छ। तर, गत वर्षदेखि अस्थायी रुपमा सिन्जियाङ प्रान्त कासगरमा राख्ने गरिएको छ।

जुन पीएलएको वेस्टर्न थिएटर कमान्डअन्तर्गत पर्छ। सो कमान्डले भारतसँगको सीमा हेर्ने गर्छ। भारतको सीमामा सो विमान लैजान पीएलएलाई निकै सजिलो छ। किनभने त्यो वेस्टर्न थिएटर कमान्डअन्तर्गत छ,’ स्रोतले भन्यो।

३५ सय किलोमिटरभन्दा टाढा पुगेर युद्धमा सहभागी हुन सक्ने सो विमानले लामो दुरीको सीजे-२० क्रुज क्षेप्यास्त्र र अन्य छोटो दुरीका क्षेप्यास्त्र पनि जमिन र समुद्र दुवै निसानामा प्रहार गर्न सक्छ।

मकाओस्थित सैन्य विश्लेषक एन्टोनी वङ तङले पीएलएको कदम भारतका लागि चेतावनी भएको बताए। नयाँ दिल्ली एच–६केको पहुँचभित्र पर्छ,’ वङले भने।

तर, सैन्य टिप्पणीकर्ता सङ चोङपिङले पीएलएले भारतीय राजधानीमा होइन, सीमानजिकका भारतीय हवाई अखडा, क्षेप्यास्त्र प्रक्षेपणस्थल र अन्य सैन्य चौकीहरुमा ध्यान केन्द्रित गरेको बताए।

तेस्तै, भारतसँगको सीमामा चीनले द्रुत गतिमा पूर्वाधार निर्माण गरी आक्रामक दृष्टिकोण कायम राख्ने संकेत दिएको भारतीय विश्लेषक ब्रह्मा चलानीले बताएका छन्।

पोहोर साल गलवानमा भएको भिडन्तपछि चलिरहेको वार्तामा चीनले सीमाका विभिन्न क्षेत्रमा नियन्त्रण थप बलियो बनाउन र सीमामा सैन्य क्षमता बढाउन मौका पाएको छ।

चीनले भारतसँग गरेको व्यवहार भारतले पनि गरेको भए चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले बाँकी राख्ने थिएन। तर भारतले व्यापारमा कटौती र कूटनीतिक प्रतिबन्ध गराउन चाहेको छैन।

चलानीका अनुसार, पोहोर साल चिनियाँ मोबाइल यापहरूमा प्रतिबन्ध लगाउनेदेखि सरकारी ठेक्कामा चिनियाँ कम्पनीलाई प्रवेश नगराउने कदमले भारतीय जनताको क्रोध मत्थर पार्न त सक्यो तर त्यसले चीनको व्यवहारमा खासै परिवर्तन आएन।

एकातर्फ ऊ सीमामा आक्रामक छ भने अर्कोतर्फ भारतले चीनबाट झन् झन् धेरै आयात बढाइरहेको छ। भारतको दृष्टिकोणले चीनलाई यो तनाव घटाउन प्रेरित गरिरहेको छैन।

बारम्बार झडप गरेर चीनले भारतलाई असन्तुलित बनाइराख्यो। रणनीतिक रूपमा महत्त्वपूर्ण कैलाश हाइट्स खाली गर्नु र लद्दाखमा तीन ठाउँमा बफर जोन स्वीकार गर्नु भारतको भूल थियो।

त्यसबाट मौका पाएर चीनले अप्रिल २०२० भन्दा पहिलेको स्थिति बहाल गर्ने मागलाई अतार्किक र अवास्तविक भनिदियो। त्यसले चीनको व्यवहारमा खासै परिवर्तन आएन।

यसैगरि, सन् २०२७ सम्म चीनले ७०० र सन् २०३० सम्ममा एक हजार बढी परमाणु हतियार बनाउन सक्ने प्रक्षेपण सहितको रिपोर्ट अमेरिकी रक्षा मन्त्रालयको मुख्यालयले सार्वजनिक गरेको छ।

पेन्टागनले बुधवार सार्वजनिक गरेको एक रिपोर्टले उक्त विषय पुष्टि गरेको हो। यद्यपि, चीनसँग अहिले कति परमाणु हतियार छन्, भन्ने कुरा रिपोर्टले उल्लेख गरेका छैन।अमेरिकाले भने आफ्नो परमाणु हतियार सङ्ख्या बढाएको छैन।

जो बाइडेन प्रशासनले अहिले परमाणु नीतिमाथि व्यापक समीक्षा गरिरहेको छ।यद्यपि, चिनियाँ प्रभुत्वका बिच नीतिमा कस्तो फेरबदल हुनसक्छ भन्ने कुरा विषयमा केही भनिएको छैन।

पछिल्लो समय ताइवान कब्जा गर्ने विषयमा झनै एकत्रित भई हेका बेला चीनले आणविक हतियार एवं अन्य सैन्य उपकरणहरूको विकासलाई गति दिइरहेको छ। यद्यपि, यो सबै विषय अमेरिकी अधिकारीहरूको निगरानीमा रहेको देखिन्छ।

प्रतिक्रिया