आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड र विप्लवबिच पार्टी एकता हुदै, राजनीतिमा नयाँ तरङ्ग

प्रकाशित
413
SHARES

काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाबीच एकता हुने भएको छ।

यसको लागि दुवै पार्टीका अध्यक्ष प्रचण्ड र विप्लवबीच मोटामोटी सहमति भएको छ। आज विहान पनि पार्टी एकता गर्ने विषयमा छलफल गर्न दुई नेता छलफलमा जुटेका थिए।

प्रचण्ड र विप्लबीचको भेटवार्ताको लागि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन् । आजको भेटवार्ता पनि महराकै पहलमा गरिएको स्रोतको दाबी छ। महराले पनि आफूनिकट नेताहरुसँग विप्लवसँगको एकताले ठोस आकार लिने विश्वास दिलाउँदै आएका छन्।

उनले तत्काल एकता नभएपनि सहकार्य गरेर जाने निश्चित् भएको सुनाउन थालेका छन्। विप्लवले पनि माओवादी केन्द्रसँग एकता हुने बताईसकेका छन्।

पाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले सबै कम्युनिस्टहरुसँग एकता गर्न आफुहरु तयार रहेको बताएका छन्। धनगढीमा शनिबार आयोजित दलित मुुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै,

चन्दले सबै नेपाली कम्युनिष्ट पार्टीबीच एकता सम्भव रहेको बताएका हुन्। अहिले एमाले माओवादी लगायतका पुर्व–सहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको बिषयलाई लिएर चन्दले एकता गर्न सकिने बताएका हुन्।

तर, मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागी एकता भने नगर्ने चन्दले बताए। अहिलेको व्यवस्था नै हटाएर संसदीय व्यवस्था नै खारेज गरेर एकताका लागी आए आफुहरु सधै तयार रहेको उनले बताए।

महासचिव चन्दले भेलामा सम्बोधन गर्दै कम्युनिस्टलाई कम्युनिस्ट पार्टीले नै प्रतिबन्ध लगाएको भन्दै दुख व्यक्त गरे । गरिब निमुखा जनता र राष्ट्रको बारेमा बोल्दा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएपनि आम जनता,

र बुद्धिजिवि समाजको आवाज पनि प्रतिबन्ध फुकुवा गरेको उनले बताए। नेपाल कम्युनिस्ट पार्टीलाई आतकंकारीको संज्ञा दिने नेताहरु अहिले एकताको कुरा गरिरहेको,

र हतियारका कुरा गरिरहेको उनले बताए। देश र जनताका लागी गलत गर्नेहरुका लागी हतियार आवश्यक नभएको भन्दै चन्दले आवश्यक परे ढुगां मुढाबाटै ठिक पार्न सकिने समेत बताए।

तेस्तै, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन्।

तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन्। सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,

शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो। हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ।

उनले आफ्नो पार्टीसँग हतियार नभएको बताए। अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए।

सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि हामीले आक्रमण गरेनौं,’ उनले भने, ‘न विदेशीसँग सहयोग माग्यौं। अनि कसरी हतियार हुन्छ । बिना प्रमाण किन आरोप लगाइँदै छ ?

सरकारसँग वार्ता गरे पनि यो संविधान भने आफ्नो पार्टीले नमान्ने उनले बताए। वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति नभएको बताउँदै उनले आफूहरूको एजेण्डा जनमत संग्रह भएको बताए।

संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो,’ उनले भने,‘यस्तो व्यवस्था मानेर कुर्सीमा बस्न यो पार्टी जन्मेको होइन। हाम्रो माग जनमत संग्रह गर्ने हो। त्यसैका लागि हामी संघर्ष गर्ने छौं।

प्रतिक्रिया