आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विष्णुलाई पछि पार्दै अघिबढे शङ्कर पोखरेल, बालकोटमा खैलाबैला

प्रकाशित
360
SHARES

काठमाडौँ। नेकपा एमालेको १० औँ महाअधिवेशन नजिकिए सँगै पदाधिकारि चयनको काम अगाडि बढेको छ। अध्यक्षमा ओली मात्रै देखिए पनि अन्य पदमा धेरै आकांक्षी देखिएका छन्।नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले दशौं महाधिवेशनमा,

महासचिव पदमा उम्मेदवारी दिने बताएका छन्। बाँकेको नेपालगञ्जमा बुधबार लुम्बिनी प्रदेशस्तरीय नेताहरूसँग छलफल गर्दै पोखरेलले महाधिवेशन नजिकिएसँगै महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सभास्थल पुग्नुअघि जम्मा भएका निकटस्थ केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लास्तरीय नेताहरूलाई आफू महासचिव पदको उम्मेदवार भएको स्पष्ट पारेका हुन्।

सभा सकिएलगतै लुम्बिनी र कर्णाली प्रदेशका नेताहरूको एक समूह अध्यक्ष ओलीलाई भेट्न समेत पुगेको थियो। उनीहरूले महासचिव पदका लागि पोखरेललाई नै सर्वसम्वत रूपमा अघि सार्न दबाब दिएर बुटवल फर्किएका छन्।

आफूप्रति अध्यक्ष ओलीसमेत सकारात्मक भएको संकेत गर्दै नेता पोखरेलले लुम्बिनी र कर्णाली प्रदेशबाट आफ्नो लागि एकमत भई दबाब बढाउन प्रदेशस्तरीय नेताहरूलाई सुझाएका छन्।

लुम्बिनी प्रदेशका एमाले केहीँ नेताहरूले पोखरेलको पक्षमा माहोल सिर्जना गर्न खेममान खड्का, बलराम अधिकारी, कुमार दसौदीलगायतका नेताहरू गुटगत भेलामा लागिसकेका छन्।

उनी समर्थक नेता–पत्रकारहरूले सामाजिक सञ्जालको प्रचार–प्रसारलाई समेत तीव्रता दिएका छन्। कमरेड शङ्कर पोखरेल स्वभाविक रूपमा एमालेको महासचिवका लागि योग्य हुनुहुन्छ।

अन्य नेताहरूले सोही पदमा दाबी गरेपनि उहाँ नै सर्वसम्वत ढंगले निर्वाचित हुनुहुनेछ। महाधिवेशनमा चुनावी प्रक्रिया हुँदैन। हामीहरू ढुक्क छौँ,’ एमाले लुम्बिनी प्रदेशका एक सदस्य भन्छन्।

नेता पोखरेललाई पार्टीभित्र जनताको वहुदलीय जनवादका व्याख्याता, वैचारिक व्यक्तित्व, कुशल संगठकका रुपमा चर्चा गरिन्छ। अघिल्लो महाधिवेशनमा उनी उप९महासचिवमा पराजित भएका हुन्।

पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र हुन्। दशौं महाधिवेशनको रौनक शुरू भइसकेको छ। यसअघिको महाधिवेशनमा उप–महासचिवमा प्रतिस्पर्धा गरेँ।

मलाई लाग्छ– चुवान त हुँदैन होला, तर पनि कसैले कसैलाई छाड्नेवाला छैनन्,’ एमाले नेता पोखरेलले आफूनिकट नेताहरूसँग भने, ‘आकांक्षी कमरेडहरूको सूची लामै छ। जति सकिन्छ आ–आफ्नो ठाउँबाट लाग्नोस्।

महासचिवमा उपमहासचिव विष्णु पौडेल र अघिल्लो पटक ईश्वर पोखरेलसँग महासचिवमा झिनो मतले पराजीत भएका सुरेन्द्र पाण्डे पनि उमेद्वारी दिने भएका छ।

प्रतिनिधि छनोटमा ओलीको एकछत्र: एकताको सन्देश प्रवाह गर्न भन्दै एमाले नेतृत्वले प्रतिनिधि चयनमा सकेसम्म सर्वसम्मत विधि अपनाउन प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्मै निर्देशन दिएको थियो ।

कात्तिक २८ यता भएको प्रतिनिधि चयनमा भौगोलिक र गैरभौगोलिक दुवैतिर ओली पक्षको वर्चस्व देखिएको हो । ९८ प्रतिशत प्रतिनिधि सर्वसम्मत रूपमा चुनिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

चितवनमा मंसिर १०-१२ मा हुने महाधिवेशनमा निर्वाचित, पदेन र मनोनीत गरी १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । पाँच प्रतिशत अर्थात् करिब एक सय प्रतिनिधि मनोनीत भएर आउनेछन् । उनीहरूको नाम टुंगिन बाँकी छ ।

एमालेले जिल्ला, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय कमिटी, जनवर्गीय संगठन र प्रवास कमिटी, केन्द्रीय कमिटी र सल्लाहकार कमिटीबाट प्रतिनिधि सहभागी गराउने मापदण्ड बनाएको थियो ।

मनोनीत १ सयबाहेक २ सय ५२ प्रतिनिधि चयन भएर आउन बाँकी छ। केन्द्रीय कार्यालयका अनुसार शुक्रबार साँझसम्म १ हजार ६ सय ४७ प्रतिनिधि चयन भएकामा ११ सयभन्दा धेरै ओली पक्षको रहेको स्रोतको भनाइ छ।

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार अझै ९ वटा भूगोल कमिटीबाट विवरण आउन बाँकी छ। राष्ट्रिय युवा संघ, खेलकुद महासंघका साथै प्रदेश २ को मजदुर प्रतिनिधि ७ र प्रदेश कमिटीबाट ५ जनाको विवरण पनि आउन बाँकी छ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पूर्वमाओवादी पक्षका करिब २ सय प्रतिनिधि चयन भएको बताए । ‘हामीले साढे तीन सयभन्दा बढी समावेश हुन्छन् कि भन्ने सोचेका थियौं,’ उनले भने, ‘साथीहरूले अलि कम गरिदिए । के कारण हो, पत्ता लगाउन खोजिरहेका छौं ।

रायमाझीका अनुसार विधान महाधिवेशन, वडा र पालिकामा पूर्वमाओवादीको सम्मानजनक उपस्थिति रहेको थियो । ‘तर पार्टी एउटै भएकाले त्यसमा असन्तोष हुनुपर्ने कारण छैन,’ उनले भने ।

एमाले केन्द्रीय कार्यालय सचिव तामाङले भने सबै पक्षलाई मिलाइएको दाबी गरे । निर्वाचन भएको भए बाहिरबाट हेर्दा देखिने पक्षहरू समस्यामा पर्न सक्थे,’ उनले भने, ‘सर्वसम्मत हुँदा सबै पक्ष समेटिएका छन्, समेटिन्छन् ।

दसबुँदे पक्षधर १० नेतानिकट करिब ३ सय प्रतिनिधि चयन भएको नेताहरूले बताएका छन् । ‘नवौं महाधिवेशनदेखि एउटा समूह थियो । त्यसमा माधव नेपालले धेरै लिएर जानुभयो ।

हामीनजिक जति साथीहरू हुनुहुन्थ्यो, त्यसमध्ये धेरै कम प्रतिनिधि बन्नुभएको छ,’ दसबुँदे सहमति पक्षधर एक नेताले भने, ‘स्वाभाविक रूपमा केपी कमरेडसँग पहिलादेखि नै जोडिएर आएकाहरूको संख्या धेरै छ ।

दसबुँदे सहमतिका पक्षधर र पूर्वमाओवादी समूहले मनोनीत हुने प्रतिनिधिको सूचीपार्टी अध्यक्ष ओलीलाई बुझाउँदै छन् । यी दुवैसमूहले मनोनीतमा आफ्नोतर्फबाट धेरै समेट्न आग्रह गरेका छन् ।

‘हामी सूची दिन्छौं । नेतृत्वले मनोनीत प्रतिनिधिमाकति समेट्छ, हेर्नुपर्छ,’ पूर्वमाओवादी एक नेताले भने । दसबुँदे सहमतिका पक्षधर एक नेताले प्रतिनिधि चयनमा देखिएको असन्तुष्टि सम्बोधनमा ध्यान दिनपार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको जानकारी दिए ।

‘हामीले अध्यक्षलाई भेटेर पार्टीभित्र असन्तुष्टि जन्माउने कारण सम्बोधन गर्न आग्रह गरेका छौं । यसमा उहाँले ध्यान दिएर मनोनीत प्रतिनिधि चयन गर्नुहोला,’ उनले भने ।

वडा र पालिकापछि प्रतिनिधि चयनमा पनि सर्वसम्मतको सूत्र अघि सारेका थिए । ओलीले प्रतिनिधि चयनको दिन भिडियो सन्देशमार्फत समझदारीबाटै प्रतिनिधि चयन गर्न निर्देशन दिएका थिए । ‘

लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धामात्रै होइन, समझदारी, अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो,’ ओलीले सम्बोधनमा भनेका थिए ।

‘दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो, तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरूलाई उच्च समझदारीका साथ आसन्न दसौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनोट गर्न हार्दिक आह्वान गर्दछु ।

प्रतिक्रिया