आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी सहायक विदेश मन्त्रीले प्रेम कहानी सुनाए पछि, प्रचण्ड दङ्ग

प्रकाशित
312
SHARES

काठमाडौ। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार साँझ पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम राखेका थिए। अमेरिकी राजदूतको निवासमा भएको अन्तर्क्रियाको सुरूमै सहायक विदेशमन्त्री लुले आफ्नो प्रेम कथा सुनाए।

सन् १९९३ मा लु पहिलो पटक नेपाल आएका रहेछन्। अमेरिकाको कूटनीतिक सेवामा भर्खरै प्रवेश गरेका लुको पोष्टिङ त्यतिबेला पाकिस्तानको पेशावरमा थियो। उनी घुमघामका लागि भारतको दार्जिलिङबाट नेपाल आए।

‘भारतको सीमा काटेर आएपछि हामी सार्वजनिक बसमा चढ्यौं। त्यतिबेला म एकजना केटी साथीसँग आएको थिएँ। नेपाल आउँदासम्म हामी डेटिङ गइसकेका थिएनौं,’ लुले भने, ‘बस चढेर हामी जनकपुर, सौराहा गयौं। बाँकी नेपाल घुम्दाघुम्दै हाम्रो माया बस्यो। अहिले हामी पति(पत्नी भएका छौं।

अमेरिकाको विदेश मन्त्रालयमा प्रवेश गरेको एक वर्षमै नेपाल आएका लु यसपालि दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री नियुक्त भएको दुई महिना नपुग्दै काठमाडौं आइपुगेका छन्। गत सेप्टेम्बरमा राष्ट्रपति जो बाइडेनले उनलाई सहायक विदेश मन्त्रीमा नियुक्त गरेका थिए।

‘१९९३ मा आउँदा मलाई नेपाल निकै धनी लागेको थियो। कला, संस्कृति, प्राकृतिक सम्पदाले नेपाल निकै धनी छ। यो धेरै सम्भावना भएको देश हो भन्ने मलाई लाग्छ,’ सहायक विदेश मन्त्री लुले भने।

चिनियाँ मूलका बुवा र अमेरिकी आमाका सन्तान लुले पाकिस्तानपछि भारतको नयाँ दिल्लीमा दुई पटक गरेर ६ वर्ष बिताए। भारतमा बस्दा उनले दक्षिण एसियाको भू–राजनीतिसँगै यहाँको कला, संस्कृति र सभ्यता चिन्ने मौका पाए। यो क्षेत्रमा भारतको प्रभाव पनि महशुस गरे।

भारतपछि विभिन्न देशमा राजदूत बनेर काम गरेका लुलाई दुई महिना अघिसम्म यो क्षेत्र पूरै हेर्नु पर्ने जिम्मेवारी आएको थिएन। दक्षिण तथा मध्य एसियाली मामला हेर्ने जिम्मेवारी पाएपछि उनले आफ्नो बुझाइअनुसार काम थाले।

‘भारतसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ। हाम्रो सम्बन्धका विभिन्न आयाम छन्। तर भारतसँगै दक्षिण एसियाका अरू मुलुकलाई पनि एउटै टोकरीमा राख्दा अरू मुलुकसँगको हाम्रो सम्बन्ध प्रशासनिकमात्रै हुन्छ,

लुले भने।यसको थप व्याख्या गर्न उनले सँगै रहेकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङलाई अनुरोध गरे। किडरलिङ पहिलो पटक नेपाल आएकी हुन्।

‘लु सहायक विदेश मन्त्री नियुक्त भएपछि उहाँले मलाई यो क्षेत्रमा भारत र अरू मुलुकहरू नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकालाई छुट्टाछुट्टै राख्नुपर्छ भन्नुभयो,’ किडरलिङले भनिन्,‘त्यसो गर्दा अरू मुलुक मर्कामा पर्दैनन्।

र द्वीपक्षीय सम्बन्ध मजबुद् हुन्छ। अब हामी नेपालसहित दक्षिण एसियाका अरू मुलुकलाई भारत सँगै राखेर हेर्दैनौं, छुट्टै हेर्छौं। त्यही भएर म यहाँ आएकी हुँ।पछिल्लो समय अमेरिका र भारतबीचको सम्बन्ध गहिरिँदो छ।

चीनसँग चिसिएको दुबै देशको सम्बन्धले उनीहरूलाई झन् नजिक बनाइरहेको छ। यो क्षेत्रमा चीनको प्रभावलाई कम गर्न बनेको क्वाड गठबन्धनमा उनीहरूसँगै छन्। रणनीतिक गठबन्धन क्वाडमा भारत,

अमेरिका, अष्ट्रेलिया र जापान सम्मिलित छन्।भारतसँग अमेरिकाको सम्बन्ध सुमधुर भइरहेका बेला सहायक विदेश मन्त्री लुले दक्षिण एसियाका अरू मुलुकलाई भारतसँग नराख्ने बताएका हुन्।

नेपाल आउनुअघि सहायक विदेश मन्त्री लुले माल्दिभ्सको दुई दिने भ्रमण गरेका थिए। नेपालमा अमेरिकाको सबैभन्दा ठूलो चासो यो मुलुक स्वतन्त्र र सार्वभौम भइरहोस् भन्ने रहेको लुले बताए।

‘नेपाल ठूलो देश छ र दुई ठूल्ठूला देश यसका छिमेकी छन्। यस्तो अवस्थामा नेपाल स्वतन्त्र र सार्वभौम रहिरहोस् भन्ने अमेरिकाको चाहना छ,’ लुले भने,‘अर्कातिर नेपाल धेरै सम्भावना भएको मुलुक हो।

हामी त्यो सम्भावनालाई सबैको विकासमा बदल्न सहयोग गर्न चाहन्छौं। र नेपालमा अमेरिकी लगानी बढाउन चाहन्छौं।’ लुले यतती भनेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) खुशीले गदगद भएका छन् ।

प्रचण्डले अमरिकालाई साम्राज्यवाद र भारतलाई विस्तावादीको विल्ला गलाउने गरेको छ । अमेरिकाले नै आफूहरु अव नेपालमा सिधै कुटनीतिक सम्बन्ध राख्न चाहेका बताएपछि प्रचण्ड खुशी भएका हुन् ।

प्रतिक्रिया