आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पाकिस्तानको नयाँ कानून: ‘बलात्कार गरे आजीवन शारीरिक सम्पर्क गर्न नसक्ने बनाइने’

प्रकाशित
631
SHARES

काठमाडौं। पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने कनून पारित गरेको छ। पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो।

विद्येयकमा लामो समयसमम्म बलात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएको छ । त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ।

जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ। उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक नपुंसकीकरण एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ।

यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ। सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।

पाकिस्तानमा बलात्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो कट्टरपन्थी इस्लामिक समूहले भने बलात्कारीलाई दिइने यो सजायको प्रवाधानको बिरोध जनाएको छ।

इस्लामिक कानूनमा कसैलाई नपुङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाएको छ।पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी,

समूहिक बलात्कार भएको घटनापछि दोसीमाथि कडा कारवाही गनरिनुपने आवाज उठेको थियो। यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै बलात्कारीलाई नपुङ्सक बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ।

यसैगरि, आतंकवादी समूह इस्लामिक स्टेटको अफगानी शाखा आइएसआइएस खुरासानले पाकिस्तानलाई धम्की दिँदै उसलाई बर्बाद पार्नु आफ्नो पहिलो लक्ष्य भएको बताएको छ।

उसले अफगानिस्तानको आजको खराब स्थितिको लागि पाकिस्तान जिम्मेवार भएको बताउँदै पाकिस्तानकै कारण आज अफगानिस्तानमा इस्लामिक कानुन लागू नभएको आरोप लगाएको छ ।

आइएसआइएसले जो इस्लाम वा कुरानको विरुद्ध जान खोज्छन् ती सबै देशलाई समेत चेतावनी दिएको छ। उसले सिधा शब्दमा धनेको छ ‘हाम्रो पहिलो लक्ष्य शरिया कानुन लागू गर्नु हो।

संसारमा जो पनि इस्लाम वा कुरानको विरुद्ध जानेछ त्यो हाम्रो निशानामा हुनेछ। आइएसआइएस खुरासानका प्रमुख नजीफुल्लाले पाकिस्तानलाई सिधै चेतावनी दिएका छन्।

नजीफुल्लाले भनेका छन् ‘हामी शरिया कानुन लागू गर्न चाहन्छौं। जसरी हाम्रा पैगम्बर बाँचिरहनुभएको थियो त्यसैगरी आम मानिसहरुले पनि शरिया कानुन मान्नुपर्नेछ। उहाँ हिजाब लागू गर्न चाहनुहुन्थ्यो। हामीसँग लड्नको लागि धेरै कुरा छैन।

तर मेरो हातमा केही पनि आउँछ भने म पाकिस्तानसँग लड्न जानेछु। के न्यूजले आइएसका एक प्रमुख आतंकवादी नजीफुल्लाको हवाला दिँदै संगठनको पहिलो लक्ष्य पाकिस्तानलाई नष्ट गर्नु बताएको छ। आइएसले आज अफगानिस्तानमा जे भइरहेको छ त्यसको लागि पाकिस्तान जिम्मेवार भएको बताएको छ।

नजीफुल्लाले भनेका छन् ‘तालिबानी शासक आफूहरुले देशको ८० प्रतिशत क्षेत्रलाई नियन्त्रित गरेको बताएका थिए तर अढाइ महिना बितिसक्दा पनि उनीहरु इस्लामिक शासन लागू गर्न सफल भएनन्। त्यसैले हामीले आइएसआइएस–केको सुरुवात गरेका हौं।

आइएसआइएसले हालै दुई शिया मस्जिदमा आत्मघाती आक्रमण गरेको थियो। दुई आक्रमणमा २ सयभन्दा धेरै मारिएका थिए। तालिबानले यो आक्रमणविरुद्ध कारवाही गर्ने भनेको थियो। यसबाट आइएसआइएस तालिबानको विरुद्ध गएको थियो।

तालिबान विश्वलाई आफू पहिलेजस्तो कट्टर नभएको विश्वास दिलाउन चाहन्छ। आइएसआइएसलाई यो चित्त बुझिरहेको छैन। आइएसआइएस जसरी पनि शरिया कानुन लागू गराउन चाहन्छ तर तालिबानी शासक यसबाट बच्न चाहन्छन्।

नजीफुल्लाहले तालिबानमाथि ठूलो आरोप लगाएका छन्। उनका अनुसार तालिबानका केही नेताहरुले कट्टर नेताहरुलाई पर्दापछाडि राखिरहेका छन्। शरियाका पक्षधर र तालिबानका संस्थापक मुल्ला उमरको २०१३ मा मृत्यु भएको थियो। यो कुरालाई २ वर्षसम्म लुकाइएको थियो।

नजीफुल्लाका अनुसार तालिबानका अहिलेका सर्वोच्च नेता हिबतुल्लाह अखुंदजादालाई पनि पर्दामा राखिएको छ। यसो गरेर तालिबानी नेता शक्तिशाली देशहरुको दबाबमा शरिया कानुन लागू गर्नबाट बचिरहेका छन्।

तेस्तै, चीनले पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत निर्यात गरेको छ। यसलाई चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोगको रुपमा हेरिएको बीबीसीले जनाएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले यसलाई दुई देशबीचको मित्रताको एक ठूलो उपलब्धि भएको बताएको छ। यस युद्धपोतको निर्माण चाइना स्टेट शिप बिल्डिङ्ग कर्पोरेशन लिमिटेड सीएसएससीले गरेको हो।

कम्पनीले एक विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शांघाइमा भएको एक समारोहमा पाकिस्तानी नौसेनालाई हस्तान्तरण गरेको जनाएको छ।पाकिस्तानी नौसेनाले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सलाई बताए अनुसार टाइप ०५४ एरपी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको छ।

चीनले पीएनएस तुगरिल जस्तै अन्य चार युद्धपोत पाकिस्तानी नौसेनाका लागि तयार गरिरहेको छ। यो जहाजलाई प्राविधिक रुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ।

प्रतिक्रिया