आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाबा रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको लर्को

प्रकाशित
174
SHARES

काठमाडौ। भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन्। रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो।

शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड,

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् । कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने देखिएका छैनन्।

​ हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ।

यस्तै योगपीठले आजै स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गरेको छ। उद्घाटन कार्यक्रममा भारतीय मन्त्री नितिन गडकरी पनि भर्चुअल माध्यामबाट सहभागी भएका छन्।

यस्तै रामदेव र आचार्य बालकृष्ण यो कार्यक्रमका लागि हिजो नेपाल आएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्।

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई,

सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन्। नेपाल सरकार पूरा सहयोग गर्न तयार छ। यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने।

योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्‍जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्‍जलि,

नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन्।

सुरू सुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो। तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने ।रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको,

सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको बताए । बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए।

जहिलेदेखि मेरो बाबा रामदेवसँग सामिप्यता भयो, नजिक भयौ र छलफल गर्न थाल्यौ। कताकता पहिला त लाग्थ्यो–उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला । अलि बढी परम्परावादी हुनुहुन्छ होला।

तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुदोरहेछ, क्रान्तिकारी हुनुहुदोरहेछ। त्यसकारण मेरो उहाँसँग निकटता पनि त्यसरी नै बढेर गयो । म उहाँप्रति पुन विशेष आभार प्रकट गर्न चाहान्छु।

उहाँले योगलाई नयाँ क्रान्तिको मार्ग प्रदर्शन गर्नुभयो र योगको माध्यमबाट आरोग्यतिर। निरोगितातिर पुरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यबाट महान उद्योग सञ्चालन र उत्पादन बृद्धिको महान अभियान पनि सञ्चालन गर्नुभयो ।

यो त्यसकारण ‘थ्री इन वान’ । बाबा रामदेव र आचार्य वालकृष्ण ‘थ्री इन वान’ हुनुभयो । हिजो बेलुका हामीले थोरै कुरा गर्यौ । नेपालमा शिक्षा, स्वास्थ्य रोजगारी र कृषिको क्षेत्रमा क्रान्ति ल्याउनका लागि कसरी अघि बढ्न सकिन्छ।

भन्नेबारेमा आचार्य बालकृष्णजीले विस्तारपूर्वक भन्नुभएको र एउटा कार्यक्रम आयोजना गर्ने कुरा भएको छ। म उहाँहरुप्रति आभार प्रकट गर्न चाहान्छु, नेपालको समग्र आर्थिक, सामाजिक, राजनीतिक , सांस्कृतिक विकासमा उहाँहरुको योगदान धेरै महत्वपूर्ण छ।

हामी सबैलाई थाहा भएको कुरा हो नेपाल हिमालको काखमा छ र यहाँ यस्ता अमूल्य जडिबुटीको भण्डार हो। म हरिद्वार गएँ, त्यहाँ बाबाजीका सबै कार्यक्रम हेरेँ। त्यसक्रममा मेरो हात समातेर उहाँले एउटा ठुलो स्टोरमा रहेको हलमा लैजानुभयो।

त्यहाँ जडिबुटीको खानी जस्तै थियो। यो सब नेपालबाट आएको हो भनेर उहाँले मलाई भन्नुभयो। अनि अब नेपालमै यस्तै उद्योग खोल्नुपर्छ पनि भन्नुभयो । यो प्रेरणा पनि म महत्वपूर्ण ठान्छु।

हामीकहाँ अहिले अस्ता अमूल्य जडिबुटीहरू छन्, तिनको प्रशोधन गर्ने र त्यसबाट आरोग्यताको नयाँ अभियान सञ्चालन गर्ने एउटा आवश्यकता छ ।

अहिले मैले धेरै भन्ने भन्दा पनि आज पतञ्जली योगपिठको तर्फबाट एउटा भवन उद्घाटन भयो, समृद्धि कार्डको उद्घाटन भयो, दुईवटा टीभी च्यानलको उद्घाटन भयो, आफैंमा यी दुरगामी महत्वका काम सम्पन्न भएको छ।

यसले नेपाली समाज र हामी राजनीतिक पार्टीहरूलाई पनि नयाँ प्रेरणा र उर्जा प्राप्त भएको छ, यसका लागि फेरि बाबा रामदेव र आचार्य बालकृष्णजी लगायतका पदाधिकारीप्रति आभार प्रकट गर्दै सफलताको कामना व्यक्त गर्दछु।

प्रतिक्रिया