आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लाठी प्रहारपछि बेहोस भएका कानुन ब्यबसायिलाई पानी छम्केर बिउँझाइयो

प्रकाशित
838
SHARES

काठमाडौ। सर्वोच्च परिसरमा अहिले कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिलहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा वकिलहरू र प्रहरीबीच धकेलाधकेल भएको थियो। त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको हो। प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत घाइते भएका छन्।

लाठी प्रहारपछि महर्जन बेहोस भएका थिए। उनलाई पानी छम्केर बिउँझाइएको थियो। नेपाल बारको अगुवामा आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च अदालतका,

मूल र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका छन्। केही दिनयता वकिलहरूको मूल गेटभित्रको धर्ना छल्दै प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गर्दै आएका थिए।

तेस्तै, काँग्रेशकै कार्यकर्ताबाट कुटिएर कांग्रेसका निर्वाचन अधिकृतको अवस्था गम्भीर भएको छ। केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा काँग्रेशको अधिवेशन अनिश्चित बनेको हो।

सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो। तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन्। पाण्डेले एक पक्षीयरुपमा वडाहरुमा मतदान अधिकृत,

तोकेको भन्दै पौडेल समूहका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ। सर्लाहीका पूर्वजिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालले निर्वाचन अधिकृतको भूमिका निष्पक्ष नभएको बताए।‘उहाँको भूमिका निष्पक्ष भएन।

जिल्ला सभापतिको निर्देशनमा काम गर्नुभयो, उनले भने, ‘पार्टी कार्यालयमा सचिवालय राख्ने र शिक्षक संघले दिएको नामबाट निर्वाचन अधिकृत तोक्ने समझदारी भएको थियो तर त्यसको विपरीत एकपक्षीय रुपमा मतदान अधिकृत तोकियो।

सर्लाहीमा यसअघि निर्वाचन अधिकृतका रुपमा गएका विनोद कार्कीले राजीनामा दिएपछि पाण्डेलाई केन्द्रले पठाएको हो। महाधिवेशनको मिति नजिकिँदै गएपनि सर्लाहीमा भने वडा अधिवेशन नै हुन नसकेको हो।

कुनै पनि बहानामा सर्लाहीलाई अधिवेशन प्रक्रियाबाट बञ्चित गराउने काम हामीलाई स्वीकार्य हुन सक्दैन,नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य एवं सर्लाहीका नेता रघु कार्कीले भने, ‘जिल्लामा दुबै पक्षले समझदारी गरेर अधिवेशन प्रक्रिया चाँडो अगाडि बढाउनुपर्छ।

यसैगरि,गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति पदमा शेरबहादुर देउवा उपर्युक्त रहेको बताएका छन्। आज रुपन्देहीमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै खाँणले देउवाप्रति अन्य राजनीतिक दलले पनि विश्वास गरिरहेको बताउँदै,

आगामी निर्वाचनमा पार्टीको नेतृत्व पनि देउवाले नै गर्नुपर्ने बताए। काँग्रेस कमजोर भए जनताको हकअधिकार कमजोर हुने बताउँदै एकताबद्ध काँग्रेसले मात्र संविधान र मुलुकको समस्या समाधान गर्न सक्ने उनको भनाइ थियो।

कांग्रेसकै अगुवाईमा मुलुकमा संविधानसभाबाट संविधान बनेको स्मरण गर्दै खाँणले हति’यार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह पनि गरे।

उनले मुलुकलाई हिंसाको राजनीतिबाट मुक्त गर्दै सरकारले शान्ति प्रक्रियालाई अगाडी बढाउन संकल्प लिएको बताए। विप्लव समूहको राजनीतिक माग–मुद्दालाई सम्बोधन गरेर,

राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार लागेको खाँणको भनाइ थियो। भारी वर्षातले किसान पीडित भएकाले सरकारले किसानलाई राहत प्रदान गर्ने निर्णय गरेको बताए।

निजामति सेवालाई कसरी अझ वैज्ञानिक बनाउने, कर्मचारीलाई अझ बढी जिम्मेवार बनाएर नागरिकलाई सहज तरिकाले सेवाप्रभाव गर्नेतर्फ सरकार लागेको उनको भनाइ थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ