आज : गते

ताजा शिर्षकहरु

प्रहरीले रामधुलाई गरेपछि ओकिल र बारका अध्यक्षको अवस्था गम्भीर

प्रकाशित
1.4K
SHARES

काठमाडौ। सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच घम्साघम्सी भएको छ। प्रशासनले वकिलहरुमाथि बल प्रयोग गरेको हो। सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो।

मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन्। वैकल्पिक गेट अगाडी बसेर वकिलहरुले धर्ना दिन खोजिरहेका छन्।

अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ। राणाबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ।

प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ। जबराको राजीनामा माग गर्दै वकिलहरु आज पनि प्रर्दशनमा उत्रिएका हुन्।

प्रदर्शनमा उत्रिएका वकिहरु र प्रहरीबीच धेकलाधकेल हुँदा व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गरेको हो। प्रहरीको लाठीको प्रहारबाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कन्द्रीय सदस्य प्रकाश महर्जन लगायत अन्य पनि घाइते भएका छन्।

लाठीले लागेर घाइते भएका महर्जन एकछिन बेहोस भएका थिए। उनी पछि ब्युझिएका हुन्। लामो समयदेखि आन्दोलित भएका व्यवसायीहरु आज पनि सर्वोच्चको मुल गेट र वैकल्पिक गेटमा धर्ना दिने तयारीमा रहेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा बसेका कानुन व्यवसायीले सर्वोच्चको गेटमै कुटाइ खाइरहेका बेला दुई जना न्यायाधीश भने इजलासमा बसेर धमाधम मुद्दा सुनुवाइ गरेका छन्।

नेपाल बार एसोसिएसनले बहस नगर्ने घोषणासहित मुल गेटमा आन्दोलन चर्काइरहेका बेला न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुडालले भने सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन्।

प्रहरीको कुटाइबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएपछि नेपाल बार यतिबेला आकस्मिक छलफलमा छ। तर, जबराले तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वयले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन्।

सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन्। उनीहरू बुधबारबाट इजलास फर्किएका हुन्।

मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन्।यसैगरि, काठमाडौंl प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले,

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक फुलकोर्ट बोलाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ। यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन्।

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन्। नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ