आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद भवन बाहिर शक्तिसाली विष्फोट, ३० जनाको अवस्था गम्भीर

प्रकाशित
1.1K
SHARES

काठमाडौ। संसद भवन बाहिर दुई वटा आत्मघाती विस्पोट भएका छन्। यो युगाण्डाको खबर हो। राजधानी कम्पालामा भएका दुई आत्मघाती हमलामा कम्तीमा तीन जनाको ज्यान गएको मृत्यु छ भने ३० जना भन्दा धेरै घाइते भएका छन्।

यी विष्फोट तीन मिनेटको अन्तरमा भएका प्रहरीको भनाई छ। ज्यान गुमाउनेमा प्रहरी पनि छन्। घाइते मध्ये ३० जनाको अवस्था गम्भीर छ। विष्फोटपछि शरीरका टुक्राहरू यत्रतत्र छरिएका अवस्थामा भेटिएका छन्।

ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्। चरमपन्थी संगठन इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ।प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन हमलाकारीले संसद र प्रहरी मुख्यालयलाई निशाना पारेर विष्फोट गराएका थिए।

अहिले पनि सहरका विभिन्न क्षेत्रमा बम फेला परिरहेको प्रहरीले जनाएको छ। प्रहरीले विष्फोटक ज्याकेट लगाएका एक हमलाकारीलाई पक्राउ गरेको छ । विष्फोटपछि संसद भवनको बाहिर पार्किङ गरिएका सांसदहरूका गाडीमा आगो लागेको छ।

यसैगरि, अमेरिकाको संघीय जाँच ब्युरो एफबीआइको गोप्य दस्तावेजमा एलियनको उडनतश्तरी देखिएको कुरा उल्लेख भएको पाइएको छ। एफबीस्आइका फाइलहरुको दस्तावेजमा युएफओ देखिएको,

ती यानहरु २७ हजार माइल प्रतिघण्टाको गतिमा यात्रा गरेको र त्यसपछि दुर्घटनाग्रस्त भएको जस्ता कुराहरु पनि उल्लेख छन्। यस्तोमा एक पटक फेरि दोस्रो संसारको चर्चा सुरु भएको छ।

बेलायती अखबार द सनको एक रिपोर्टअनुसार एफबीआइका दस्तावेजहरुमा आकाशमा रहस्यमय वस्तु देखिएको बारेमा उल्लेख छ। साथमा १९४० को दशकदेखि युएफओका घटनामा कसरी वृद्धि भयो भन्ने बारेमा पनि उल्लेख छ।

दस्तावेजमा दावी गरिएको छ कि विगत केही वर्षमा सयौं युएफओ देखिएका छन्। यतिमात्र होइन आकाशमा अनौठो विमान गथित रुपमा हाइपरसोनिक गति २७ हजार माइल प्रतिघण्टाको गतिमा उडिरहेको देखिएको पनि दस्तावेजमा उल्लेख छ।

यस क्रममा एक पटक यो यान दुर्घटना समेत भएको थियो जसमा कोही पनि जीवित बचेका थिएनन्। दावी गरिएअनुसार दुर्घटनास्थलमा तीन शव भेटिएका थिए र यी शव एलियनका थिए।

रिपोर्टमा अगाडि भनिएको छ ‘मानव आकारका तीन जना थिए जो केवल ३ फिटका थिए। उनीहरुले धेरै पातलो बनावटका धातुका कपडा लगाएका थिए। दस्तावेजमा एक–दुई होइन दर्जनौं पटक एलियन देखिएको उल्लेख छ।

यो दस्तावेज जूनमा पेन्टागनको एक रिपोर्टपछि आएको छ जसमा अमेरिकाले पहिलो पटक स्वीकार गरेको छ कि अज्ञात वस्तुहरुलाई एलियनको उडन तश्तरी मानिएको थियो।

तेस्तै, अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए।

नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो। बहादुर’ उपहार दिइँदैछ भन्ने कुरा कार्यक्रममा सुनिँदा के हो त्यो बहादुर भन्ने कौतुहलता जागेको थियो।

उपहार ग्रहण गर्न रेनोल्ड्सवर्ग शहरका मेयर जोसेफ बेगेनी स्वयं उपस्थित थिए। जव उपहार हस्तान्तरको समय आयो त्यसपछि रहस्य खुल्यो त्यो बहादुर भनेको अपराध अनुसन्धानमा प्रयोग हुने ‘के ९ कुकुर’ थियो।

ओहायो राज्यको रेनोल्सवर्ग शहर र आसपास क्षेत्रमा बस्ने नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बहादुर उपहार पाएका मेयर जोसेफले शहरवासी नेपाली भाषीसमुदायले शहरलाई सुरक्षित राख्न दिएको उपहारप्रति आभार व्यक्त गरेका थिए।

नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा मेयर जोसेफ नेतृत्वको सिटी काउन्सिलले सिटी अफिस प्रांगणमा नै विशेष कार्यक्रमको आयोजना गरेको थियो। सो शहरको काउन्सिलमा नेपाली भाषी भुटानी अमेरिकन भुवन प्याकुर्याल पनि निर्वाचित काउन्सिलम्यान छन्।

अघिल्लो बर्ष नेपाली चाड दीपावलीबारे सिटी काउन्सिलबाट प्रोक्लामेसनसमेत गराउन सफल भएका प्याकुर्यालले यसपल्ट सिटीकै तर्फबाट तिहार मनाउन विशेष समारोहको आयोजना गर्न लगाएका थिए।

कार्यक्रममा मेयर जोसेफ र काउन्सिलम्यान प्याकुर्यालले नेपालीहरुको महान चाड तिहारको शुभकामना दिएका थिए भने सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) का अध्यक्ष एवं ओहायोमा डाक्टरी पेशा गर्दै आएका डाक्टर दामोदर पौडेलले तिहार पर्वका बारेमा उपस्थित अमेरिकीहरुलाई सटिक जानकारी दिएका थिए।

उनले यमपञ्चकका पाँच दिन किन विशेष छन् भन्नेबारे बोलेका थिए। र, सधैं तिहारमा मिठाइसहित विभिन्न परिकार बनाएर छिमेकमा हर्षोल्लासपूर्वक मनाउने गरेकोमा यसपल्ट आफू र पत्नीले स्वस्थ्यको कारण परिकार बनाउन असमर्थ हुँदा अमेरिकी समुदायका छिमेकीले एक घण्टा ड्राइभ गरेर नेपाली पसलसम्म पुगेर मिठाइ किनेर आफूहरुलाई उपहार ल्याइदिएको घटना सुनाएका थिए।

उनले नेपाली र नेपालीभाषी समुदायहरु बसेको ठाउँमा अरु धर्मावलम्बीहरुले समेत नेपाली चाडपर्वमा उत्सव मनाउन थालेको र हार्दिकता देखाउन थालेको भन्दै स्थानीय अमेरिकी समुदायको प्रसंसा गरेका थिए।

हिन्दू धार्मिक विधिपूर्वक मन्त्रोच्चारणसहित शुरु भएको सो कार्यक्रममा कमल सुवेदीले पनि तिहारको महत्वबारे धारणा राखेका थिए। कार्यक्रममा कोनाका तर्फबाट तिहार विशेष नृत्यसमेत प्रस्तुत गरिएको थियो।

भोट गरेर छानियो ‘बहादुर’: सोही विशेष कार्यक्रममा शहरको सुरक्षामा नेपालीभाषी र भुटानी अमेरिकनको योगदानस्वरुप मेयरलाई हस्तान्तरण गरिएको के ९ कुकुर को नाम पनि स्थानीय नेपाली भाषी समुदायका बीच भोट गरेर तय भएको थियो। स्थानीय नेपालीभाषीहरुको कुटी ग्रुपका सदस्यहरुले भोट गरेर बहादुर नाम राखेका थिए।

बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियोबहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो।

सो ग्रुपका एकजना सदस्य वेद प्याकुर्यालले डिसी नेपाललाई दिएको जानकारीअनुसार, स्थानीय नेपालीभाषी रियल्टरहरु र लोन अफिसर्सलगायत सम्मिलित रहेको कुटी ग्रुपले मतदानमार्फत ‘बहादुर’ नाम चयन गरेको हो। नेपाली शक्तिशाली एवं निडरताको पर्याय भएकाले संसारभर बहादुरिताको पहिचान बनाएको गौरवस्वरुप सो नाम राख्ने निर्णय भएको थियो।

समाचारअनुसार, नेपालीभाषी भुटानी अमेरिकनहरुको सो ग्रुपले सिटीलाई कसरी सहयोग गर्ने त भनेर छलफल गर्दा सिटीलाई के ९ कुकुरको आवश्यकता रहेको थाहा भएपछि आपसका रकम संकलन गरेर आठ हजार अमेरिकी डलरमा बहादुर किनिएको थियो। अहिले ‘के ९ बहादुर’ सो शहरको प्रहरी विभागमा कार्यरत छ।

अर्को वर्षबाट तिहारमा बाल्टिमोरका स्कूल विदा: यसैबीच, अमेरिकाको केही ठूला पब्लिक स्कूल सिष्टममध्येको एक बाल्टिमोर काउन्टीको पब्लिक स्कूल सिष्टमले हिन्दूहरुको चाड तिहारमा आगामी बर्षदेखि विद्यार्थीहरुलाई विदा दिने निर्णय गरेको छ।

मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेको विवरणअनुसार, बाल्टिमोर काउन्टीको स्कूल सिष्टमको नोभेम्बर ९ तारिक दिन बसेको कमिटी बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णय सन् २०२२ को तिहारदेखि लागू गरिने भएको छ।

डेलिगेट भण्डारीले तिहार चाड मनाउनका लागि विद्यालय विदा गर्नेबारे प्रयत्न गर्दै आएका थिए। विदा दिने निर्णयलाई सार्वजानिक गर्दै भण्डारीले ‘बाल्टिमोर काउन्टीको विद्यालयमा अध्ययनरत यो पर्व मनाउने सबै विद्यार्थी बालवालिकाहरुले तिहार पर्वलाई गौरव र सम्मानका साथ उल्लासपूर्वक मनाउन पाउनेछन्’ भनेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ