आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आजबाट घट्यो विद्युत् महशुल, अब बिजुली बाल्दा कति लाग्छ शुल्क ?

प्रकाशित
3.7K
SHARES

काठमाडौ। विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ। नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ।

नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ। अब लाग्ने शुल्कको तालिका: सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई नि:शुल्क,

बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो। सोही व्यवस्थाअनुसार आजबाट मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताले यो सुविधा पाउनेछन्।

इनर्जी शुल्कका रुपमा यी परिवारले मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्नेछ। त्यस्तै, कृषि र सिँचाई प्रयोजनमा प्रयोग हुने विद्युत्को महशुलमा पनि छुट दिने व्यवस्था बजेटमा राखिएको थियो।

अब सिंगल फेज तथा थ्रीफेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले आफ्नो मिटरको क्षमता नि:शुल्क रुपमा बढाउन पाउनेछन्। त्यस्तै अब सिंगल फेज प्रयोगकर्ताको न्युनतम शुल्क २५ रुपैयाँ घट्नेछ।

त्यस्ता उपभोक्ताका लागि इनर्जी शुल्क पनि अब कम लाग्नेछ। सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।

त्यस्तै, सिंगल फेजमार्फत मासिक ४ सय युनिटभन्दा माथि खपत गर्ने, उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ। आजबाट सरकारी अस्पताल तथा स्वास्थ्यचौकीले बिलिङ भएको २१ दिनभित्र महशुल तिर्दा,

कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन्। अन्य उपभोक्ताको हकमा मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाउँदा २ प्रतिशत छुट पाइनेछ। औद्योगिक क्षेत्रका ग्राहकले पनि यो सुविधा पाउनेछन्। अब लाग्ने शुल्कको तालिका तल दिईयको छ।

यसैगरि, आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मानित गरेको छ ।

गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको विभागले जनाएको छ ।

लगातार ६ वर्षसम्म सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुँदै आएका राणा गतवर्ष भने दोस्रो स्थानमा थिए। यसवर्ष फेरि पहिलो नम्बरमा देखिएका छन्।

विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ। त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएका छन्।

छिमेक लघुवित्त वित्तीय संस्थालाई सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ। जलविद्युत्‌मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ।

त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ ।गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर भ्याट सूर्य नेपालले तिरेको छ।

त्यस्तै, घोराही सिमेन्टलाई पनि धेरै भ्याट तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ। मध्यमस्तरीय करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउनेमा भने कर्जा सूचना केन्द्र रहेको छ। श्रोत: कान्तिपुरबाट।

प्रतिक्रिया

आजको ट्रेन्डिङ