आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भीम रावल नयाँ पार्टी निर्माण गर्दै, यस्तो घोषणा गरेपछि एमालेमा खैलाबैला

प्रकाशित
868
SHARES

काठमाडौ। नेकपा एमाले उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ।बुधबार १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि लागि भनेर भेला बोलाएको बजगाईँले उल्लेख गरेका छन्।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन्।

मंसिर १०-१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं २ का,

सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरि छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु।

बजगाईँले सामाजिक सञ्जालमार्फत सूचना राखेका छन्। कैलालीको लम्कीस्थित टिकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले भेला बोलाएको हो।

संस्थापन पक्षले यसअघि शनिबार महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ। तर बजगाईँले महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रममा नपर्नसमेत अपिल गरेका छन्।

तेस्तै, एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन्। तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ?

१० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ। महाधिवेशनबाट अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ।

उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अध्यक्षमा उठ्ने सङ्केत गरेका छन्। तर, अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन्।

चितवनमा मङ्सिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन्। त्यस्तै, २ सय २५ केन्द्रीय सदस्य चयन हुनेछन्।

सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनबाट एमालेले एक ढिक्का रहेको सन्देश दिन खोजेको छ। नवौँ महाधिवेशनमा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्यानल नै बनाएर चुनाव लडेका थिए।

यसैगरि,  नेकपा एमालेको १० औं महाधिवेशनमा सुनसरीमा प्रतिनिधि छनोट विवाद उत्कर्षमा पुगेको छ। चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा ४२ जना प्रतिनिधि चयन गर्नुपर्ने छ।

प्रतिनिधि छनोटका लागि मंगलबार निर्वाचन तोकिएको भएपनि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न निर्वाचन स्थगित गरिएको छ। उनले प्रतिनिधि छनोट गर्ने निर्वाचन प्रकृया स्थगित गर्नु नेताहरुको अत्यन्तै गलत काम भएको बताए।

प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गराइएको भएपनि संस्थापन पक्षका नेता इतर पक्षका नेताहरुले निर्वाचनको तयारी नै नगरेका कारण प्रतिनिधि छनोट हुन नसकेको एमाले इटहरी उपमहानगर कमिटी सदस्य ऋषि नेपालले जानकारी दिए।

निर्वाचन गर्नको साटो सहमतिका नाममा मनोनयन दर्ता गराइएका आकांक्षीहरुलाई सचिव भीम आचार्य र जिल्ला अध्यक्ष खेमराज पोखरेलले नेताहरुले गरेको निर्णय मान्ने सर्तमा जबरजस्ती हस्ताक्षर गराइको एक एमाले नेतृले जानकारी गराइन्।

नेताका श्रीमती छनोट गर्न जबरजस्ती हस्ताक्षर: एकै घरका श्रीमान श्रीमतीहरुले समेत प्रतिनिधि छनोटका लागि मनोनयन गरेपछि विरोध भएको छ। लामो समयदेखि पार्टीमा योगदान गर्नेहरुलाई पाखा लगाउदै श्रीमान श्रीमती नै प्रतिनिधि जान खोज्नु एमालेमा परिवारवाद हाबी भएको उनको भनाई छ।

एमाले महाधिवेशनमा प्रतिनिधि जानका लागि सचिव भीम आचार्यकी श्रीमती निरा आचार्य, प्रदेश सांसद सर्बध्वज साँवा उनकी श्रीमती अमृता साँवा, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल उनकी श्रीमती विणा खनाल, धरानकी उपमेयर मञ्जु भण्डारी उनका श्रीमान मुरारी सुबेदीले प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गराएका छन्।

एमाले सुनसरीका सचिवालय सदस्य लक्ष्मी बाँनियाले नेताहरुले सहमतिका नाममा एकै परिवारका श्रीमान श्रीमतीलाई छनोट गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

सहमतिका नाममा प्रतिनिधि छनोटको निर्वाचन प्रकृया रोकिनु नेताहरुको निरंकुस प्रबृत्ति भएको उनको आरोप छ। नेताहरुले सहमतिका नाममा श्रीमान श्रीमतीलाई प्रतिनिधि छनोट गर्नु अन्य कार्यकर्ताहरुलाई अन्याय हुने,

एमालेका संगठित सदस्य गापि खतिवडाले बताए। सर्बसहमत प्रतिनिधि छनोट गर्दा श्रीमान श्रीमती मध्ये एकजनाले अन्य आंकाक्षीहरुलाई मार्ग प्रसस्त गरे सहज अवस्था हुने उनको सुझाव छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ