आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश, बाइडेन तनाबमा

प्रकाशित
692
SHARES

काठमाडौ। महाशक्ति अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ। संसारका विभिन्न मुलुकको आर्थिक विवरणहरुको अध्ययन गर्ने संस्था म्यानेजमेन्ट कन्सलटेन्ट म्याकिन्जे एन्ड कम्पनीको,

पछिल्लो एक अध्ययनअनुसार पछिल्लो २० वर्षमा संसारको कूल सम्पत्ति तीन गुणाले बढेको छ । यो सम्पत्ति वृद्धिमा चीनको हिस्सा ३३ प्रतिशत छ अर्थात करिब १६ गुणाले बढी छ।

उक्त अध्ययनका अनुसार सन् २००० मा संसारको कूल सम्पत्ति १५६ खर्ब डलर थियो भने सन् २०२० मा वृद्धि भएर ५१४ खर्ब अमेरिकी डलर पुग्यो।  सन् २००० मै चीनको कूल सम्पत्ति ७ खर्ब डलर थियो।

यसैगरि सन् २०२० मा यसमा तीव्र वृद्धि भएर १२० खर्ब डलर पुग्यो। पछिल्लो २० वर्षमा अमेरिकाको सम्पत्तिमा दुई गुणाले वृद्धि भयो । सन् २०२० अमेरिकाको सम्पत्ति ९० खर्ब डलर पुगेको छ।

प्रतिवेदनका अनुसार अमेरिकी सम्पत्तिको मूल्यमा वृद्धि नभएपछि चीनको तुलनामा निकै कम रह्यो। अन्ततः अमेरिकाले शीर्षस्थान गुमायो।रिपोर्टका अनुसार चीन र अमेरिकाको बढी धनको हिस्सा केही धनी व्यक्तिमा मात्र सीमित छ।

यी दुई देशमा १० प्रतिशत व्यक्तिमा मात्र बढी धन जम्मा भएको छ। रिपोर्टका अनुसार यी दुई देशमा धनीको संख्यामा तीव्ररुपमा बढोत्तरी भएको छ जसका कारण धनी र गरिबबीच असमानता पनि बढिरहेको छ।

विश्वको कूल सम्पत्तिको ६८ प्रतिशत हिस्सा अचल सम्पत्तिको रुपमा रहेको छ भने बाँकी अचल सम्पत्ति छ। यो समाचार प्रकासित भएपछि राष्टपति बाडेनलाई खाना रुचन छोडेको एजेन्सीले जनाएको छ।

तेस्तै, चीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि चिनियाँ राष्ट्रपतिले अर्को चेतावनी दिएका हुन्।सौहार्दपूर्ण वातावरणमा सुरु भएको बाइडेन–सी भर्चुअल बैठक ताइवान मुद्दामा प्रवेश गरेपछि तनाबमय बनेको थियो।

अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै बाइडेनले ताइवानलाई हस्तक्षेप नगर्न राष्ट्रपति सीलाई चेतावनी दिएका थिए। ताइवानको शान्ति र स्थिरतामा खलल पार्ने जुन सुकै गतिविधिको अमेरिकाले खुलेर बिरोध गर्छ।

अमेरिकी राष्ट्रपति कार्यलयले ह्वाईट हाउसले भनेको छ। एक चीन नीति चीन–अमेरिका सम्बन्धको आधारशिला रहेको छ। यही नीतिमा अडेर अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ।

चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रूपमा हेर्दै आएको छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ। यति हुँदा हुँदै पनि अमेरिका ताइवान रिलेसन एक्टप्रति प्रतिबद्ध छ जसअनुसार उसमाथि,

आक्रमण भएको अवस्थामा अमेरिकाले जुनसुकै बेला ताइवानको रक्षा गर्नेछ। गत साता मात्र बाइडेनले चीनले ताइवानलाई हमला गरेमा अमेरिकाले प्रतिकार गर्ने बताएका थिए।

तेस्तै, भारतसँगको सीमामा चीनले द्रुत गतिमा पूर्वाधार निर्माण गरी आक्रामक दृष्टिकोण कायम राख्ने संकेत दिएको भारतीय विश्लेषक ब्रह्मा चलानीले बताएका छन् ।

पोहोर साल गलवानमा भएको भिडन्तपछि चलिरहेको वार्तामा चीनले सीमाका विभिन्न क्षेत्रमा नियन्त्रण थप बलियो बनाउन र सीमामा सैन्य क्षमता बढाउन मौका पाएको छ ।

चीनले भारतसँग गरेको व्यवहार भारतले पनि गरेको भए चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले बाँकी राख्ने थिएन । तर भारतले व्यापारमा कटौती र कूटनीतिक प्रतिबन्ध गराउन चाहेको छैन।

चलानीका अनुसार, पोहोर साल चिनियाँ मोबाइल यापहरूमा प्रतिबन्ध लगाउनेदेखि सरकारी ठेक्कामा चिनियाँ कम्पनीलाई प्रवेश नगराउने कदमले भारतीय जनताको क्रोध मत्थर पार्न त सक्यो तर त्यसले चीनको व्यवहारमा खासै परिवर्तन आएन।

एकातर्फ ऊ सीमामा आक्रामक छ भने अर्कोतर्फ भारतले चीनबाट झन् झन् धेरै आयात बढाइरहेको छ। भारतको दृष्टिकोणले चीनलाई यो तनाव घटाउन प्रेरित गरिरहेको छैन।

बारम्बार झडप गरेर चीनले भारतलाई असन्तुलित बनाइराख्यो। रणनीतिक रूपमा महत्त्वपूर्ण कैलाश हाइट्स खाली गर्नु र लद्दाखमा तीन ठाउँमा बफर जोन स्वीकार गर्नु भारतको भूल थियो।

त्यसबाट मौका पाएर चीनले अप्रिल २०२० भन्दा पहिलेको स्थिति बहाल गर्ने मागलाई अतार्किक र अवास्तविक भनिदियो। यसबीचमा चिनिया सेनाले सिमानामा घातक हतियार जडान गरेपछि भारत झन् ससंकित भएको छ।  एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया