आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीन कुनै पनि हालतमा ब्याक नहुने, उल्टै दियो विश्व हल्लिने चेतावनी

प्रकाशित
460
SHARES

एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानले चीनसँग पुनर्मिलन गर्नु बहेक अर्को कुनै विकल्प नभएको बताएका छन्। शुक्रबार ताइवानको चीनको हिस्सा हुनु बाहेक अन्य कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत,

नभएको दावी गर्दै उनले रोममा हुने जी–२० शिखर सम्मेलनअघि अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन्।संयुक्त राष्ट्र संघमा ताइवानको ‘अर्थपूर्ण सहभागिता’ को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन्।

मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको ‘अर्थपूर्ण’ सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो।

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो। त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ।

तेस्तै, ताइवानकी राष्ट्रपति साइ इङ—वेनले नै ताइवानमा अमेरिकी सेना रहेको पुष्टि गरेपछि चीन–ताइवान सम्बन्धले झन् तनावको रुप लिएको छ। ताइवानमा अमेरिकी सैन्य उपस्थितीको पुष्टि भएपनि बेइजिङले तत्काल ठूलो कदम नचाल्ने तर सैन्य तयारी भने बलियो बनाउँदै लैजाने तयारी थालेको छ।

ताइवानको राजधानी ताइपेईस्थित एक बरिष्ठ अमेरिकी कुटनीतिज्ञले शुक्रबार वासिंगटन र ताइवानबीच जारी रक्षा सहकार्यमा कुनै परिवर्तन नआउने बताएका छन्।

ताइवानमा अमेरिकी सैनिकको उपस्थिती रहेको ताइवानकी राष्ट्रपति साइ इङ—वेनले यही साता पुष्टि गरेकी थिइन्, जसलाई ताइपेईका अन्य अधिकारीहरूले तत्कालै त्यो विषयलाई ओझेलमा पार्न खोजेका थिए।

साइ इङ—वेनले नै ताइवानमा अमेरिकी सेना रहेको पुष्टि गरेपछि बेइजिङले त्यसको कडा शब्दमा निन्दा गरेको थियो। साइले ताइवानमा कति संख्यामा अमेरिकी सैनिक तैनाथ छन् भन्ने नखुलाए पनि अमेरिकी सैनिकहरूले ताइवानको सेनालाई तालिम दिइरहेको बताएकी थिइन्।

ठीक यही बेला अमेरिकी उच्च अधिकारीले वासिंगटन र ताइपेईबीचको सैन्य संबन्ध मजबुत रहेको बताएपछि चीन थप शशंकित बनेको छ। ताइपेईपस्थित अमेरिकी इन्स्टिच्युटका नवनियुक्त प्रमुख सान्द्रा औड्रिकिर्क अमेरिकी बरिष्ठ कुटनीतिज्ञ हुन्। उनले ताइवानप्रतिको अमेरिकी प्रतिबद्दता दोहोर्याएकी हुन्।

जसले चीनलाई अमेरिकासँग थप चिढ्याएको छ। ताइवानलाई उसको आत्मरक्षाका लागि अमेरिकाले प्रतिबद्दता गरेबमोजिम नै सहयोग जारी राख्ने छ। हाम्रो साझेदारी र सहकार्यको मूल्य ताइवानप्रतिको अमेरिकाको अविचलित सहयोग नै हो’ उनको भनाइ साउथ चाइना मर्निङ पोस्टले उधृत गरेको छ।

चीनले ताइवानमा हमला गरेको खण्डमा अमेरिका ताइवानको बचाउमा आउँछ कि आउँदैन भन्ने प्रश्नमा उनले भनिन्, ‘हामी ताइवानसंबन्धि अमेरिकी कानुनअनुसार ताइवानलाई उसको आत्मरक्षाका लागि सहयोग दिन्छौं। यसमा हामी स्पस्ट छौँ।

ताइवानी राष्ट्रपतिको अभिब्यक्तिपछि चीनको सरकारी अखबार पिपुल्स डेलिले तत्काल एक टिप्पणिमार्फत् बिरोध जनाएको थियो। पत्रिकाले अमेरिकी सेना ताइवानमा आउनुमा सैन्यभन्दा राजनीतिक अर्थ बढी रहेको औंल्याएको थियो।

पिपुुल्स डेलिले अमेरिकाले ताइवान मामिला उचालेर आगोसँग खेल्न खोजेको रुपमा ब्याख्या गरेको छ। अमेरिकाको उद्देश्य ताइवानसंग सैन्य सम्बन्ध विस्तार गर्नु कदापी होइन। बरु आफ्नो हतियार ताइवानलाई बेच्ने उसको यो बाहना मात्र हो’ टिप्पणीमा भनिएको छ।

बिहीबार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता टान केफेइले अमेरिकाले ताइवानलाई सैन्य सहयोग जारी राखे त्यसको जवाफ दिन चीन दृढ रहेको बताएका थिए। ‘यदी चीनलाई घेराबन्दी गर्न अमेरिकाले ताइवानलाई उपयोग गर्छ भने हामी त्यसको शशक्त जवाफ दिनेछौं’, उनले भने।

चीनले ताइवानलाई दबाबमा राख्न गत अक्टोबर पहिलो सातामात्र १५० भन्दा बढी सैनिक जहाज ताइवानको हवाई सैन्य क्षेत्रमा पठाएको थियो। अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकनले गत मंगलबार संयुक्त राष्ट्रसंघमा ताइवानको सहभागिताबारे अमेरिकाको समर्थन रहने बताएपछि चीनले त्यसको बिरोध गरेको थियो।

ताइवानमा अमेरिकी सैनिक रहेको पुष्टि भएपश्चात् पनि चीनले ताइवानबिरुद्ध कुनै ठूलो कदम तत्काल चाल्ने अवस्था नरहेको विश्लेषकहरूले टिप्पणी गरेका छन्। बरु चीनले ताइवानलाई झुकाउन अझ बढी सैनिक परिचालन गर्न सक्छ।

अक्टोबर ९ मा एक सम्बोधनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र ताइवानबीच शान्तिपूर्ण एकिकरण हुनुपर्ने र त्यो नै चीन र ताइवानको हितमा रहेको बताएका थिए। उनले शान्तिपूर्ण एकिकरण विरुद्ध उत्रनेको इतिहासले मूल्यांकन गर्ने भन्दै कडा चेतावनी दिएका थिए।

चीन ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ। अमेरिकाले ताइवानसंग सैनिक र राजनीतिक सम्बन्ध राख्नुलाई चीनले ‘अमेरिकाको एक चीन नितीको उल्लंघन’ मान्दै आएको छ। ताइवानलाई अमेरिकाले गर्ने सहयोग चीनको सार्वभौमिकता विरुद्ध हुने बेइजिङ्को भनाइ छ।

जो बाइडन अमेरिकामा राष्ट्रपति नियुक्त भएपछि ताइवानसंग सैन्य सहकार्य बढाउन लागिपरेका छन्, जुन चीनलाई मन परेको छैन। सन् १९७९ मा अमेरिकाले ताइवानसंगको सम्बन्ध तोडेर जनवादी गणतन्त्र चीनसंग कुटनीतिक संबन्ध राखेयता बेइजिङ्ले वासिंगटनलाई ताइवानसंग कुनै औपचारिक सम्बन्ध नराख्न आग्रह गर्दै आएको छ।

प्रतिक्रिया