आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अख्तियार शितलनिवास छिरेपछि खैलाबैला, ओली समेत तनाबमा

प्रकाशित
1.3K
SHARES

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग आज शीतल निवास छिरेको छ। अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको हो।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ।

उता सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो।

काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ।

जनगणना बारे गुनासो छ ? ११७८ मा फोन गर्नुस्ः २५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ। मेरो मुख्य गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरू भएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहनेछ।

कोही नछुटौं, कोही नदोहोरियौँ’ भन्ने नारा रहेको राष्ट्रिय जनगणनासम्बन्धी कुनै गुनासो छ रु घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् रु जनगणनाका बारेमा केही बुझ्नु छ रु चिन्ता नगर्नुस्। यसका लागि केन्द्रीय तथ्यांक विभागले टोल फ्रि नम्बर ११७८ को व्यवस्था गरेको छ।

जनगणनाका क्रममा घर छुट भए, गणक नआइपुगे, कुनै त्रुटि भएको पाइए वा आवश्यक सुझाव भए टोल फ्रि नम्बरमा फोन गरेर सहयोग लिनरदिन सकिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला ९जेबी०ले बताए।

टोल फ्रि नम्बरमा फोन गरेपछि जिल्ला जनगणना कार्यालयमा सो बारेमा जानकारी आउने जनाएको छ। ‘जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता भएमा टोल फ्रि नम्बरमा जो सुकैले फोन गर्न सक्छन्,’ जनगणना अधिकारी कोईरालाले भन।

टोल फ्रि नम्बरमा फोन गएपछि पुनस् हामीलाई फोन आउँछ र समस्या समाधानका लागि पहल हुन्छ। विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्तीय पहुँच, विकास निर्माणका नयाँ, सही र तथ्यगत योजना बनाउन जनगणनाको तथ्यांक महत्वपूर्ण हुने भएकाले जगनणनाका ‘कोही नछुट्न र नदोहोरिन जनगणना कार्यालयको आग्रह छ।

विकास, नीति निर्माण, योजना र कार्यक्रम गर्ने तथ्यांक र जानकारी लिनका लागि नेपाल संघीय संरचनामा गएपछिको पहिलो जनगणना हो।सरकारी सेवा सुविधामा पहुँच र गरिबी निवारण कार्यक्रम तर्जुमा गर्न, विपद् जोखिमको योजना बनाउन, विविधतामा एकता कायम गर्न, लैंगिक तथा सामाजिक समावेसीकरण व्यवस्था गर्न, वैवाहिक अवस्था, प्रजनन्, सुरक्षित गर्भावस्था,

शिशु मृत्युदर र मातृमृत्यु दरको अवस्था, कामको सही मूल्यांकन, अपांगता भएका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिएर सोहीअनुसार योजना बनाउन हरेक १० वर्षमा जनगणना गरिन्छ । राष्ट्रिय जनगणनाका लागि खोटाङमा दुई सय गणक खटाइएका छन्।

गणकले ७० वटा मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाइसराइँसम्बन्धी विवरण, प्रजनन्सम्बन्धी विवरण, बलबालिकाको बसाइँको अवस्था, अपांगतासम्बन्धी विवरण, आर्थिक क्रियाकलापसम्बन्धी विवरण संकलन गरिरहेको कार्यालयले जनाएको छ।

३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर तथा घरपरिवार सूचीकरणमा खोटाङमा ५८ हजाभन्दा बढी घरहरू रहेको, ३९ हजारभन्दा बढी घरमा ४१ हजारभन्दा बढी परिवारको बसोबास रहेको तथ्यांक आएको जनगणना अधिकारी कोईरालाले बताए ।

२०६८ सालको जनगणनाअनुसार खोटाङको जनसंख्या दुई लाख ६ हजार तीन सय १२ थियो भने विदेशमा बस्ने १७ हजार ६ सय ६२ जना थियो।

यस्तै, माधव नेपाल नेतृत्वको नेकपा एसबाट प्रदेश १ का मुख्यमन्त्री बनेका राजेन्द्र राई एमालेले जे पनि गर्न सक्ने भन्दै सजग बनेका छन् । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने सूचना आएको भन्दै राईले सजगता अपनाएका हुन् ।

ठूलो त्याग र मेहनतपश्चात आफू नेतृत्वको पार्टीबाट मुख्यमन्त्री बनाउन सफल माधव नेपाल एमालेले षडयन्त्र गर्न सक्ने भन्दै झस्किएका छन् ।राईले मंगलबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।

पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।

मुख्यमन्त्री राईले भने प्रदेशसभाबाट विश्वासको मत पाउन कुनै समस्या नभएको बताएका छन् । ‘विश्वासको मतका लागि संयुक्त रुपमा सल्लाह गर्न र केही सांसदहरूलाई निर्देशन दिन गठबन्धन दलका सबै प्रदेश सांसद एकै ठाउँ भेला भएका छौं,’ उनले भने, ‘सांसदहरूसँग हट कन्ट्याक्टमा बस्न र सानोतिनो समस्यामा फस्दा विश्वासको मत दिन छुट्नसक्ने भएकोले पनि भेला भएका हौं ।’

सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार १२स् ३० बजे प्रदेशसभा बैठक बोलाएका छन् । यसअघि कात्तिक २३ गते बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आवश्यक तयारी नपुगेकोले मुख्यमन्त्री राईको आग्रहमा सभामुख भण्डारीले मंगलबारसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरेका थिए ।

यता प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए ।

सोमबार नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री राइले आफ्नो पक्षमा मत पुग्ने दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्।

९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन्।

प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ।

प्रतिक्रिया