आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर देउवाले थर्काएपछि गगन थापा निलोकालो

प्रकाशित
569
SHARES

काठमाडौ। नेपाली काग्रेस केन्द्रिय समितीको बैठकमा नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा र युवा नेता गगन थापा विच नोकझोक चलेको छ।

सर्वोच्च अदालतको जारी विवादका विषयमा नेपाली काग्रेसले बोल्नु पर्छ भन्दै गगन थापाले कुरा झिके पनि देउवाले तत्काल एक्सन लिएका थिए, तपाई चुप लाग्नुस् भन्दै देउवाले बोल्नै नदिएको बताइएको छ।

न्यायालयको विषयमा बाहिर बाट हस्तक्षेप गर्न मिल्दैन तपाई बढि जान्ने नहुनुस् स्वतन्त्र न्यायापालिकाका विषयमा सरकार र नेपाली काग्रेस प्रतिवद्ध रहेको भन्दै देउवाले स्वतन्त्र न्यायपालिका माथी हस्तक्षेप नगर्ने प्रष्ट पारेका थिए।

बोल्न खोज्दा प्रधानमन्त्री समेत रहेका काग्रेस सभापती देउवाले विचमै रोके पछि गगन थापा निलोकालो भएर चुप लागेर बसेका थिए। देउवा गगन सँग झोक्किएको देखेका केन्द्रिय सदस्यहरु कोहि पनि बोल्न सकेनन् सबै मुखामुख गरेर चुप बसेका थिए।

गगनले न्यायालयमा देखिएको विवादका विषयमा पार्टीले बोल्नुपर्छ भनेर आफ्नो भनाइ राख्नुभो। तर, सभापतिजीले उहाँलाई बोल्नबाट रोक्नुभयोु, बैठकमा सहभागी एक नेताले भने।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायक्षेत्र आन्दोलित छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् भने कानुन व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन्।

तर, न्यायालयमा देखिएको विवादबारे कुनै पनि दलले औपचारिक रूपमा बोलेका छैनन्। कांग्रेस सत्ताको नेतृत्वकर्ता दल भएकाले यसमा बोल्नुपर्ने भन्दै थापाले आवाज उठाएपछि सभापति देउवाले उनलाई रोकेको बैठकमा सहभागी ती नेताले बताए।

सम्मानित अदालतमा भइरहेको समस्या चर्कियो भने व्यवस्थाले मूल्य चुकाउनु पर्छ। तत्काल समाधान नगर्ने हो भने महाधिवेशनसम्म अवस्था विथोलिन्छ। चुप लाग्न मिल्दैनु, बैठकमा थापाले भने, यसमा गम्भीर हुनुपर्छ। सभापतिको ध्यान जानुपर्छ। यसमा पार्टीले बोल्नुपर्छ।

नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तीले सत्तासाझेदार प्रमुख दलका नेताहरु झस्किएका छन् ।

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बोलीनै पिच्छे आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर जाने बताइरहँदा देउवाले नयाँ खुलासा गरेका छन् ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा नेपाली काग्रेसले कनै पनि पार्टी सँग गठबन्धन नगर्ने र एक्लै प्रतिष्पर्धा गर्ने प्रष्ट पारेका छन् । गठबन्धनमा निर्वाचन गर्ने भनेर कोही सँग केही सम्झौता पनि आफुले नगरेको देउवाले बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै सभापति देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बतबताएका हुन् ।

उनले भनेका छन्, ‘कसैसँग पनि गठबन्धन हुन्न । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’त्यस्तै उनले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताए ।

केहि दिन अघि मात्रै सार्वजनिक रुपमै देउवाले चुनाव सम्मै गठबन्धन जाने भन्दै कसैलाई पनि शंका नगरिदिन अनुरोध गरेका थिए तर त्यसको केहि समयमै उनले बोली फेरेका छन् । देउवाको पछिल्लो बोली पछि सत्तासाझेदार अन्य दलको मनमा चिसो पस्ने अवस्था आएको देखिएको छ ।

तेस्तै, कांग्रेसको महाधिवेशनको पैसा खोज्ने जिम्मा सञ्चारमन्त्रीलाई:नेपालमा सबै राजनितिक दलले पार्टि महाअधिबेशन तयारि गरिरहेका छन् । नेकपा एमालेले १० औँ महाअधिबेशन चितवनमा गर्दै छ भने काँग्रेश पनि तयारिमा छ ।

नेकपा एमालेले आफ्ना कार्यकर्ता बाट रकम उठाउदै छ भने नेपाली कांग्रेसले पनि १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ।

सभपति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको केन्द्रीय समिति बैठकले सभापति देउवाको नेतृत्वमा मुल तयारी समिति गठन गरेको हो।

महाधिवेशनमा अर्थ संकलनको जिम्मेवारी सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ। यस्तै भोजन तथा आवासका लागि सुरेन्द्र पाण्डे, विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महत,

प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ।स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन्।

मञ्च व्यवस्थापनमा काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन्। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २१ गतेदेखि नै उम्मेदवारी दर्ताका काम सुरू हुनेछ।

प्रतिक्रिया