आज : गते

ताजा शिर्षकहरु

यस्तो ठाउँमा रहेछन् विप्लवका हतियार, खुल्यो रहस्य, भिडियोसहित

प्रकाशित
1.8K
SHARES

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले जनताको घरघरमा हतियार रहेको बताएका छन् । धनगढीमा आयोजित दलित मुक्ती मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले आवश्यक पर्दा हतियार सामान्य कुरा भएको बताएका हुन् ।

‘धेरै साथिहरुले विप्लवका हतियार खोई भनेको सुनिन्छ ।’ उनले भने, ‘हतियार त आन्दोलनको माग हो । आवश्यक पर्यो भनेर घरघरबाट हतियार लिएर क्रान्तिमा होमिन नेपाली जनतालाई अपिल गछौ।

उनले सबै कम्युनिस्टहरुसँग एकता गर्न आफूहरु तयार रहेको समेत बताएका छन् । अहिले एमाले माओवादी लगायतका पूर्वसहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको विषयलाई लिएर उनले एकता गर्न सकिने बताएका हुन् ।

एकताका लागि आफूहरुको एउटामात्र सर्त रहेको बताए । अहिलेको संसदिय ब्यवस्था अन्त्य गर्न तयार भएमात्र एकता हुने उनले प्रस्ट पारे ।महासचिव विप्लवले मन्त्री खान, मुख्यमन्त्री खान,

कुर्सीका लागि एकता नगर्ने बताए। अहिलेको व्यवस्थानै हटाएर वैज्ञानिक समाजवादी स्थापना गर्न तयार दलहरुसँग एकताका लागि तयार रहेको उनको भनाई थियो।

सबै कम्युनिस्ट एक हुनुपर्ने बताउँदै विप्लवले अहिलेको संबिधान र ब्यवस्था खारेज गरेर कार्यकारी राष्टपति प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।उनले कम्युनिस्टलाई कम्युनिस्ट पार्टीलेनै प्रतिबन्ध लगाएको भन्दै दुख ब्यक्त गरे।

गरिब निमुखा जनता र राष्ट्रको बारेमा बोल्दा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएपनि आम जनता र बुद्धिजिबि समाजको आवाजपनि प्रतिबन्ध फुकुवा गरेको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टीलाई आतकंकारीको संज्ञा दिने नेताहरु अहिले एकताको कुरा गरिरहेको र हतियारका कुरा गरिरहेको उनले बताए । देश र जनताका लागि गल तगर्नेहरुका लागी हतियार आवश्यक नभएको भन्दै विप्लवले आवश्यक परे ढुगां मुढाबाटै ठिक पार्न सकिने समेत बताए।

भेलालाई सम्बोधन गर्दै उनले सत्ता कब्जा गर्न सफल बर्गले दलितमाथी बिभेद गरेको बताए। दलित यो धर्तिका मालिक हुन्’, उनले भने, ‘जति अरु जातीको यो धर्धिमा अधिकार छ त्यति दलितको पनि अधिकार छ।

यो जातीपर्थाको हामी बिरोध गर्दर्छौ। अहिलेको कथित सत्ताभित्र सबै बर्ग छन् तर त्यो सत्तामा भएको उपलब्धी भएन’, उनले भने, ‘तल र माथी गर्ने काम सत्ता कब्जा गर्ने दलालहरुले गरेका हुन्।

अब यो दलित भन्ने सब्दनै हटाउनुपर्छ। यो कथित सत्तामा जानका लागि, मन्त्री खाने, सांसद खाने लोभले नजानुस साथीहरु बिभेद गर्नेहरुका पछि पछि नलाग्नुस। हेर्नुहोस विप्लवको सम्बोधनको पूर्णपाठ

प्रतिक्रिया