आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मात्रै ११ हजार जनसंख्या भएको देशका विदेशमन्त्रीले दिए विश्वलाई चेतावनी, के हुन्छ अब ?

प्रकाशित
0.9K
SHARES

काठमाडौ। सामाजिक संजालमा एउटा फोटो निकै भाइरल भइरहेको छ। फोटोमा एक व्यक्ति सुटबुटमा समुद्रमा उभिएर भाषण गरिरहेका छन्।

यो फोटो सानो देश तुवालुका विदेश मन्त्री साइमन कोफेको हो। तुवालु दक्षिणी प्रशान्त महासागरमा रहेको निकै सानो टापु देश हो जसको जनसंख्या मात्रै ११ हजार छ।

खासमा कोफेले यस्तो तरिका अपनाएर विश्व र संयुक्त राष्ट्रसंघलाई चेतावनी दिन चाहन्थे। उनले यस्तो गरेर जलवायु परिवर्तन र यसले ल्याउन सक्ने असरहरुलाई बेवास्ता गर्दा यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका विषयमा स्कटल्याण्डको ग्लासगोमा आयोजना गरेको कोप २६ सम्मेलनमा उनले यसरी सम्बोधन गरेका थिए।

कोफेले यो सम्मेलनमा संयुक्त राष्ट्रसंघलाई रेकर्डेड सन्देश पठाएका थिए जसमा उनले समुद्रमा उभिएर सम्बोधन गरेका छन्। कोफे आफ्ना स्टाफको साथमा समुद्र किनार पुगे।

पृष्ठभूमिको लागि पर्दा लगाए, अगाडि पोडियम राखे। ट्राउजर घुँडासम्म सारे र पानीमा उभिएर सन्देश रेकर्ड गराए। केही समयमै उनको भिडियो भाइरल भयो।

यो भिडियोको माध्यमबाट उनी विश्वलाई जलवायु परिवर्तनका कारण समुद्रको जलस्तर तीब्र रुपमा बढिरहेको र यसबाट तुवालुजस्ता साना टापु देश पूरै समुल्रमा विलिन हुने खतरा रहेको बताउन चाहेका थिए।

उनले विश्वका अन्य देशहरुलाई जलवायु परिवर्तनलाई रोक्न गम्भीर कदम चाल्न सांकेतिक आगह गरेका थिए। यो भिडियोलाई तुवालुको सरकारी टेलिभिजन टिभीबीसीले प्रत्यक्ष प्रसारण गरेको थियो।

तुवालुको राजधानी फनाफुटीको समुद्र किनारमा यो भिडियो रेकर्ड गरिएको थियो। तुवालुको षेत्रफल मात्रै २५.९ वर्ग किलोमिटर छ र यहाँको जनसंख्या ११ हजार ७९२ छ। यो देशमा कूल ९ वटा टापु छन्।

तेस्तै, तीब्बतका आध्यात्मिक नेता दलाई लामाले ताइवानभन्दा भारत रोज्ने बताएका छन्। ताइवान भ्रमणबाट फर्किएपछि बुधबार भारतीय सञ्चारमाध्यमसँग बोल्दै लामाले बस्नको लागि ताइवानभन्दा भारत रोज्ने बताएका हुन्।

ताइवान भ्रमणबारे भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका छन्, ‘चीन र ताइवानको अवस्था निकै नाजुक भएकाले बस्नको लागि म भारत नै रोज्छु।

स्वतन्त्र ताइवानलाई चीनले क्षेत्र भएको दाबी गर्दै आएको छ। चीनले ताइवानको वायु रक्षा क्षेत्रमा पटकपटक हमला गर्दै आएको भन्दै ताइवानले आपत्ती जनाउँदै आएको छ।

चीनको सो गतिविधिका कारण चीन र ताइवानको सम्बन्धमा दरार उत्पन्न भएको छ। रोयटर्सका अनुसार दलाई लामाले तत्काल चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेट्ने कुनै योजना नबनाएको बताएका छन्।

तिब्बतबाट निकाला गरिएका आध्यात्मिक नेता लामा सन् १९५९ देखि भारतको शरणमा बस्दै आएका छन्।उनले भारतबाटै तीब्बतको स्वतन्त्रता, संस्कृती र धर्मको संरक्षणका लागि पटकपटक चीनसँग आह्वान गर्दै आएका छन्।

प्रतिक्रिया