आज : गते

ताजा शिर्षकहरु

एक महिनासम्म चितवन तिर फर्केर पनि नहेर्न प्रचण्डलाई चे’तावनी

प्रकाशित
612
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी आएको छ। नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सुर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई एक महिना सम्म चितवन तिर फर्केर पनि नहेर्न चेतावनी दिएका हुन्।

एक अनलाइन टेलिभिजनलाई दिएको अन्तवार्तामा नेता थापाले एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बिषयमा बढि नबोल्न, चितवन तिर फर्केर पनि नहेर्न र कुनै डिस्टर्ब नगर्न प्रचण्डलाई सचेत गराएका छन्।

प्रचण्डलाई टार्गेट गरेर एमालेले चितवनमा महाधिवेशन गर्न लागेको भन्ने चर्चाका विच नेता थापाले प्रचण्डलाई मूल्य दिइरहनु पर्ने या उनलाई देखाउँन एमालेले महाधिवेशन गर्नु पर्ने कुनै कारण नभएको जिकिर गरेका छन्।

प्रचण्ड कुनै विकासको शक्ति नभइ विनासको, लोपउन्मुख र नासवान शक्ती भएको भन्दै थापाले उनलाई महत्व दिनु पर्ने कुनै कारण नभएको दावी गरेका छन्।

प्रचण्डलाई हेरेर होइन चितवनका न्यायप्रेमी जनतालाई हेरेर महाधिवेशन गर्न लागीएको उनले बताए। प्रचण्डप्रति निकै कठोर रुपमा प्रस्तुत भएका थापाले चितवन प्रचण्डका बाउको सम्पत्ती नभएको भन्दै मुखभरिको जवाफ दिएका छन्।

‘चितवनमा जम्मा एक कठ्ठा जमिन हुने मान्छेले ठूला कुरा नगरुन चितवनमा प्रचण्डको एक कठ्ठा जमिन हो बाँकी न्यायप्रेमी जनताको हो थापाले भनेका छन् ।प्रचण्डले अब कहीँ बाट पनि प्रत्यक्ष निर्वाचन जित्न नसक्ने दाबी गर्दै थापाले बरु उनी समानुपातिकमा बसुन भनेका छन्।

छोरीलाई नेपाली काग्रेसको कृपाले मेयर बनाएको र बावुलाई एमालेको कृपाले सांसद बनाएको स्मरण गराउँदै उनले अब चितवन बाट जितेर देखाउँन पनि प्रचण्डलाई चुनौती दिएका छन्।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छटपटी भएको छ। चौतर्फी घेराबन्दीमा परेको संकेत गर्दै प्रचण्डले पूर्वमाओवादीहरुको मन पग्लिने कुरा गर्न थालेका छन्।

प्रचण्डले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन्।

शुक्रबार पार्टी कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले फेरि पनि प्रतिक्रियावादीहरु आफुलाई नै सिध्याएर माओवादी सक्ने अभियानमा लागेको बताए।

‘फेरि पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने भनेर लागिरहेका छन्। किनभने प्रचण्ड नसिद्धिदासम्म माओवादी सिद्धिने भएन भन्ने ठानेर घेराबन्दी त्यसरी नै भइरहेका छन्’, प्रचण्डको भनाइ छ।

अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि र प्रचण्ड सिध्याउने षडयन्त्रमा प्रतिक्रान्तिकारीहरुले तारो बनाएकाले ‘बुलेटप्रुफ’ बनेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए।

उनले एउटै कालखण्डमा धेरै प्रचण्डहरू बन्न नसक्ने भन्दै प्रचण्ड नेपालको आन्दोलनले जन्माएको बताए। प्रचण्ड नेपाली जनताले जन्माएको हो। तपाई हामी सवै लडेर निर्माण गरेको हो प्रचण्ड।

व्यक्ति होइन प्रचण्ड। फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्’, अध्यक्ष प्रचण्डले भने, ‘थुप्रै मार्क्स हुने, लेनिन हुने,थुप्रै माओ हुने हुदैन।अध्यक्ष प्रचण्डले विप्लव, वैद्य लगायतका नेताहरु अलग भएर नभई एक ठाउमा आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।

उनले त्यसबारे नेताहरुसँग कुराकानी भइरहेको भन्दै उनीहरु छिट्टै आउने विश्वास समेत व्यक्त गरे ।यो मञ्चबाट म ढिलोछिटो विप्लवजी पनि आउनुहुन्छ भनेर म विश्वास पनि व्यक्त गर्नुहुन्छ।

अलग अलग भएर होइन अव हामी सवै एक ठाउँ बसेर मात्रै नेपाली क्रान्तिलाई मौलिक तरिकाले, नयाँ अनुसन्धान गरेर अगाडि लान सकिन्छ’, प्रचण्डको भनाइ छ। उनले विप्लवसँग छिटै हात मिलाउने प्रतिक्षामा रहेको दावी समेत गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ