आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वोच्चमा लफडा चलिरहँदा प्रधानमन्त्री देउवाले दिए यस्तो कडा निर्देशन, को-को परे पक्राउ ?

प्रकाशित
876
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै भएको नेपाल बार असोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न निर्देशन दिएका छन्।

बार महासचिव लीलामणि पौडेलले प्रधानमन्त्री देउवाले गृहमन्त्रीमार्फत प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको भन्ने जानकारी आफूलाई आएको बताए।

यस विषयमा न्याय, कानून तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले पहल गरेको पनि आफूले जानकारी पाएको पौडेलले बताए।पौडेलका अनुसार शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्ने प्रतिबद्धता सरकारबाट प्राप्त भएको छ।

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी रहँदा राणा भने मुख्य गेट छलेर अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका हुन्।

बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् । मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन्।

महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ। प्रधानन्यायाधीश राणा १० :५५ बजे सर्वोच्च प्रवेश गरेका हुन्।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको आजको धर्ना सकिएको छ।प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ आज कानुन व्यवसायी धर्नामा बसेका थिए।

तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए। कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोसहितका आरोप लगाउँद,

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार निरन्तर आन्दोलनमा उत्रिएको छ। बारको आजको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ।

मंसिरमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा समकालीन तीन जना युवा नेता भिड्ने पक्का भएको छ। प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेल महामन्त्री पदमा आमनेसामने हुने भएका छन्।

कांग्रेसमा १४ पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै मनोनित हो। सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चुनावमार्फत् आउँछन्।

महाधिवेशन आउन एक महिना मात्रै बाँकी रहँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणालाई तीव्रता दिएका छन्। नेताहरूले उम्मेदवारी घोषणा पनि सकेसम्म आफ्नो गृह जिल्लामै पुगेर गरेका छन्।

कांग्रेसमा जहाँ नागरिकताको ठेगाना छ त्यहीँबाट क्रियाशील सदस्य रहेर पार्टीमा सक्रिय हुनुपर्ने बाध्यकारी व्यवस्था छ। पौडेलले शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा आयोजित पार्टी कार्यक्रमबाटै महामन्त्री पदमा उठ्ने घोषणा गरेका हुन्।

पौडेल पार्टीमा पछिल्लोपटक केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति सदस्य रहेर काम गरेका थिए। कांग्रेसमा करिब पाँच हजार उजुरी परेकोमा सबै विवाद हल गरिसकेपछि पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।

‘यो महाधिवेशनमा पार्टी महामन्त्रीमा उठ्छु, तपाईंहरूको साथ र सहयोग आवश्यक छ,’ महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दै तनहुँमा पौडेलले भने।

ई मिडियासंग   कुराकानी गर्दै पौडेलले पार्टी संगठन बलियो बनाउन आफू महामन्त्री पदमा उठ्ने बताए। संसदीय व्यवस्थामा पार्टी संगठन बलियो भयो भने निर्वाचन जित्ने हो,

उनले भने, ‘निर्वाचनमुखी संगठन बनाउने, त्यसलाई व्यवस्थित गर्ने र विधिसम्मत ढंगले अनुशासित कायम गराउन हाम्रा धेरै चुनौती छन्। म महामन्त्री भएँ भने यी समस्याहरू हल गर्नेछु। उनले पार्टी संगठन बलियो बनाउन आफू महामन्त्री पदमा उठ्ने निर्णयमा पुगेको पनि बताए।

संगठनको सन्दर्भमा पार्टीभित्र देखिने अव्यवस्थालाई समाधान गर्न म सक्छु, मसँग अनुभव पनि छन्,’ उनले भने, ‘समस्या के हुन् पहिचान भइसक्यो। यसमा मैले नै समाधान दिन सक्छु भन्ने लागेर म महामन्त्री लड्ने निष्कर्षमा पुगेको हुँ।

अव्यवस्थित संगठन, दिशाहिनता, सामाजिक मुद्दा र अभियानमा शून्य उपस्थिति, कार्यकर्ताको क्षमतावृद्धिमा ध्यान नदिईनुजस्ता विषय अन्त्य गर्न पनि आफू महामन्त्री पदमा उठ्न लागेको उनले बताए।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका पौडेल ०७२ सालमा भएको १३ औं महाधिवेशनदेखि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निकट छन्। तर यसपालि उनले कुन टिमबाट आफू महामन्त्री उठ्ने हो खुलाउन चाहेनन्।

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ। त्यसबेलासम्म पुराना गुट भत्केर नयाँ बन्न सक्ने भएकोले पनि उनले अहिले नै कुन टिमबाट उम्मेदवार हुने बाहिर ल्याउन चाहेका छैनन्।

यसअघि प्रवक्ता शर्मा र केन्द्रीय सदस्य थापाले पनि महामन्त्री पदमा उठ्ने घोषणा गरिसकेका छन्। शर्माले गत भदौ २४ गते बिपी जयन्तीमा सुन्दरीजल पुगेर महामन्त्री लड्ने घोषणा गरेका थिए। उनी सभापति देउवानिकट छन्।

यस्तै थापाले भदौ १४ मै काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यक्रमबाट आफू फेरि महामन्त्री पदमा लड्ने घोषणा गरेका थिए। थापा ०७२ मा भएको १३ औं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्रीमा लडे पनि शशांक कोइरालासँग पराजित भएका थिए।

थापा पूर्वमहामन्त्री सिटौलासँग निकट रहे पनि पछिल्लो समय उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट देखिएका छन्। तीन चर्चित युवा नेताले घोषणा गरेसँगै कांग्रेस महामन्त्रीको भिडन्त रोचक हुने देखिएको छ।

सभापतिमा फेरि पनि शेरबहादुर देउवा उठ्ने भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला,

तथा केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापति पदमा लड्ने तयारीमा छन्।सभापति पदमा लड्ने तयारी गरिरहेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवा नेताहरूलाई आफ्नो समूहमा तान्न खोजिरहेका छन्।

महामन्त्रीमा सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउदलगायत नेताहरू पनि उठ्ने चर्चा छ, तर उनीहरूले घोषणा भने गरिसकेका छैनन्।

प्रतिक्रिया