आज : गते

ताजा शिर्षकहरु

साँझपख ओलीले सुन्न पर्यो अत्यान्तै दुःखद खबर, भेटघाट सबै बन्द

प्रकाशित
3.7K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझपख अत्यन्तै दुःखद खबर सुन्न परेको छ। यो खबरले ओली निकै विछिप्त भएका छन्। डडेलधुराको एमालेको सिंगो पार्टी जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएपछि ओलीलाई छटपटी भएको छ।

एमालेमा १० बुँदे सहमति र जेठ २ मा फर्किन एमाले अध्यक्ष ओली पक्ष सहमत नभएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले डडेलधुराका एमाले अध्यक्ष डा. तारा जोशीसहित जिल्ला कमिटी नेकपा एसमा समाहित गराएका छन्।

बुधबार एक कार्यक्रमबीच नेपालले एमालेको जिल्ला कमिटी नेकपा एसमा समाहित गराएको छ। डडेलधुराको नेकपा एमालेको जिल्ला कमिटीलाई नेकपा एसमा प्रवेश गराउन अध्यक्ष माधवकुमार नेपाल र पर्यटन मन्त्री प्रेम आलेसहितका नेताहरु आज डडेलधुरा पुगेका थिए ।

डडेलधुराका पार्टी अध्यक्ष जोशी दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडि गरेका हुन। उनी एमालेमा घनश्याम भुसाल निकट मानिन्थे । जोशी सहितको टिम नेकपा एसमा समाहित भएपछि एमाले डडेलधुरामा कमजोर परेको छ।

पार्टीमा १० बुँदे सहमति भएपछि स्वत आफुले अध्यक्ष हुनु पर्ने जोशीले भन्दै आएका थिए। तर ओलीले उनको कुरा नसुनेपछि अन्त बुधबार नेकपा एसमा समाहित भएका छन् । यो खबर सुनेपछि ओलीले भेटघाट बन्द गरेका छन्।

झापाबाट ओलीलाई भेट्न आएका चर्चित नेताहरुलाई ओलीले भेट नदिइ फर्काएका छन् । दमन नगरपालिकाका माओवादी तर्फका मेयरका उमेदवार गगन पुरी एमाले प्रबेश गर्नेगरी ओलीलाई भेट्न बालकोट पुगेका थिए।

तर ओलीले यही कारण देखाउँदै उनलाई भेट दिएनन्। ओलीसँग असन्तुष्टलाई खोज्दै पार्टी प्रवेश गराउँदै माधव नेपाल: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग व्यवस्थापकीय क्षमता छ।

यही क्षमताले उनले विगतमा नेकपा एमालेको संगठनलाई देशभर मजबुत पारेका थिए। अहिले पनि एमालेको कार्यकर्ता देशको हरेक क्षेत्रमा बलियो पकड बनाएर बसेका छन्।

कुशल व्यवस्थापक भएकैले माधव नेपालले नेकपा एमाले फुटाएर बनेको नेकपा एसलाई मजबुत बनाउँदै लगेका छन्। नेपालले देशभर नेकपा एसको संगठन विस्तार गर्दै लगेका छन् ।

जिल्ला कमिटीहरु बनाउँदै क्षेत्र र पालिका तहसम्म विस्तार गरिरहेका छन्। वडा तहसम्म नेकपा एसको संगठन निर्माण गरेर माधव नेपालले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने रणनीति बनाएका छन्।

पूर्व देखि पश्चिमसम्म दौडधूपमा रहेका माधव नेपालले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टहरुको पहिचान गर्न निकटस्थहरुलाई लगाएको बुझिएको छ।

असन्तुष्टहरुलाई चिन्दै र तान्दै गर्न थालेका छन्। इटहरीका मेयर द्वारिकलाल चौधरी सुनसरीमा असन्तुष्ट भएको जानकारी पाउनेवित्तिकै नेपाल उनकै निवास पुगेका छन्। चौधरी पछिल्लो समय ओली पक्षसँग असन्तुष्ट छन्।

देशका विभिन्न जिल्ला, पालिका र वडा तहसम्म ओलीसँग असन्तुष्टहरुको पहिचान गरी तान्ने अभियान नेपालले चलाएका छन् । उनले आफ्नो समूहबाट एमालेमै रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्त पनि पेलाईमा परेर अवसरविहिन हुनुपर्ने निष्कर्ष निकालेको बुझिएको छ।

एमालेको महाधिवेशन सकिएलगत्तै असन्तुष्टहरु थपिने र उनीहरुलाई नेकपा एसमा तान्ने गरी नेपालले तयारी थालेका छन्। पार्टी संगठन बलियो बनाएर माओवादीसँग एकीकरण या चुनावी गठबन्धनसम्मको रणनीतिका साथ नेपाल अगाडि बढेका छन्।

यसै पनि माधव नेपालले ओलीलाई एकपछि अर्को धक्का दिइसकेका छन्। ओलीको सत्ताबाट बर्हिगमनमा माधव नेपालकै शक्ति मुख्य बन्यो । उनले प्रदेश सरकारमा एमालेको नेतृत्व अन्त गराए।

राष्ट्रिय सभाको चुनावमा पनि एमाले उम्मेदवारलाई हराउन सके। यसरी एकपछि अर्को धक्का दिदै बढेका माधव नेपालले अब भने आफ्नो शक्तिसञ्चय बढाएका छन्।

एमसीसी पास गर्ने सर्तमा नयाँ गठबन्धन बनाउने केपी ओली र देउवाको तयारी: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निकटता बढ्दै गएको छ । यी दुई नेताबीच कतिपय मुद्दाका कारण निकटता बढेको हो ।

विशेषगरी अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र ओलीको धेरै कुरा मिलेको छ । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न आतुर छन् ।

ओली पनि प्रधानमन्त्री हुँदा एमसीसीको पारित गर्न बढेको थिए । अहिले ओली एमसीसीबारे मौन छन् । तर, उनले सत्ता गठबन्धनको धारणा आएपछि मात्र बोल्ने स्पष्ट पारेका छन् ।

एमसीसीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित सबैजसो कम्युनिस्ट पार्टीहरु विरोधमा छन् ।

प्रचण्डले एमसीसी पारित गर्ने लिखित पत्र पठाएको देउवाको खुलासालाई खण्डन गरेका छन् । माधव नेपाल पनि संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

सत्ता गठबन्धनभित्र एमसीसीबारे मतभेद देखिएकाले गठबन्धनमा समस्या आइसकेको छ । एमसीसीकै कारण गठबन्धन टुट्न पनि सक्छ । यसलाई पारित गर्न काँग्रेस र एमाले मिलेर अगाडि बढ्ने परिस्थिति सृजना पनि हुनसक्छ ।

यही यथार्थ बुझेर जसपा संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले एमसीसीबारे भ्रम नफैलाउन भनेका छन् । उनी एमसीसीको पक्षमा उभिएका छन् ।

एमसीसीको पक्ष या विपक्षमा दलहरु देखिएकाले संसदमा अगाडि बढाउँदै ठूलै कम्पन जानसक्छ । माओवादी र नेकपा एस विपक्षमा उभिएमा देउवाले ओली, महन्थ ठाकुर र उपेन्द्र यादवलाई मिलाएर जाने अवस्था बन्ने देखिएको छ ।

त्यतिबेला नयाँ गठबन्धनको परिस्थिति तयार हुनसक्छ ।अर्कोतर्फ, संवैधानिक परिषदले गरेका संवैधानिक निकायका नियुक्तिहरुमा पनि देउवा र ओलीबीच भित्री सहमति देखिन्छ ।

यसको खारेजीको दबाब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सृजना गर्न खोजिएको कारण देउवा र ओलीबीच निकटता बढेको देखिन्छ ।

काँग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठनले एकैदिन प्रधानन्यायाधीश जबरालाई उत्साही बनाउने गरी तिहारको ठिक अघि विज्ञप्ति जारी गरेका थिए । यो अर्थपूर्ण छ।

संवैधानिक निकायको नियुक्ति अदालतको फैसलाले खारेज गराउन प्रचण्ड र माधव नेपाललगायत नेताहरु लागेका छन् । यो विषयले पनि देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी बढ्दै गएको छ।

यस अवस्थामा ओली नजिकिएका छन्। एमसीसी र प्रधानन्यायाधीशको विषयले देउवा र ओलीबीच फेरि गठबन्धन बन्नसक्ने परिस्थिति विकास हुँदै गएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ